latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सङ्घीय संसद् (प्रतिनिधि र राष्ट्रियसभा) को बजेट अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरे बमोजिम अधिवेशन  अपराह्न ४ बजे बानेश्वरस्थित संसद् भवनमा सुरु हुनेछ ।

प्रतिनिधिसभा बैठकको पहिलो बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा र राष्ट्रपतिको कार्यकालबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको बेहोरा बढेर सुनाउने तालिका छ ।

त्यसैगरी बैठकमा सभामुखले आफ्नो अनुउपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यको मनोनय गर्ने तालिका छ । त्यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश गर्ने कार्यतालिका छ ।

बैठकको अन्तिममा अर्थमन्त्री डा प्रकाशशरण महतले, ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजित विधेयकका विभिन्न सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय