latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), २१ वैशाख

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् । रामपुर नगरपालिका ४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपरान्ह पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए ।
खोजी कार्य गर्ने क्रममा आज विहान पौने आठ वजेको समयमा रामपुर ४ वडभानस्थित कालीगण्डकी नदी किनारमा आधा भाग डुबेको र आधा भाग पानी बहिर भएको अवस्थामा स्थानीय र प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय रामपुरका निमिक्त प्रमुख प्रहरी बरिष्ठ नायव निरिक्षक दलबहादुर बुढाले जानकारी दिनुभएको छ ।
भारतको हिमान्चल प्रदेश कसैली घर भएका राउत रामपुर–५, बेझाँड स्थित एक ट्याटु हाउसमा साथीसंग काम सिक्न आएका हुन् । शनिवारको दिन साथीहरुसंगै नदीमा पौडी खेल्न पुगेका थिए । शवलाई पोष्टमार्टका लागि अहिले रामपुर अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय