latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

नेपाल ट्रेड युनियन काग्रेस पाल्पाकाे अध्यक्षमा निलकण्ठ देवकोटा चयन भएका छन्। निर्माण व्यवसायी, देवकोटालाई साताैं अधिवेशनले  अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हाे ।

युनियनको खुल्ला उपाध्यक्षमा सुुनिल बूढाथोकी, महिला उपाध्यक्षमा सरस्वती राज भण्डारी, सेवा क्षेत्रको उपाध्यक्षमा मणिराम अधिकारी, असंगठीत तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा सुनिता राणा चयन भएका छन् । यस्तै युनियनको सचिवमा लोकनाथ अधिकारी, सह–सचिवमा कूलबहादुर घर्ती मगर, कोषाध्यक्षमा लिलाबहादुर राना, सह–कोषाध्यक्षमा देवलक्ष्मी भट्टराई रहेका छन् ।

सदस्यहरुमा टंक प्रसाद अर्याल, वविता पन्थी, सुजन कार्की, शालिकराम गन्धर्व, तुलसा नेपाल र शान्ति थापा चयन भएको युुनियनले जनाएको छ । यस्तै अधिवेशनले प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा दिनेश गन्धर्व, नन्द ज्ञवाली न्यौपाने, खिमान्नद पोखरेल, बैकुण्ठ शर्मा, केन्द्रीय प्रतिनिधिमा टुनविर रेस्मी, लक्ष्मण रायमाझीलाई चयन भएका हुन् ।

अध्यक्ष पदमा निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष देवकोटाले श्रमिक वर्गको हकअधिकारको पैरवीका लागि सबैको साथ र समर्थन अपरिहार्य रहेको बताए । उनले श्रमजीवीहरुको पेसागत हकहित, अधिकार र सुरक्षाका क्षेत्रमा ट्रेड युनियनलाई थप सशक्त र क्रियाशिल बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष देवकोटाले सबै श्रमिकहरुको सामाजिक सुरक्षाको सुनिश्चितता कार्यान्वयन आजको आवश्यकता रहेकाले त्यसविषयमा सम्बन्धित निकायलाई खबरदारी गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय