latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

पाल्पा, वैशाख २०

पाल्पा , रामपुर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नगरलाई आवश्यक योजनाहरुको विषयमा छलफल गरेको छ । लुम्बिनी प्रदेशका सांसद , नगर प्रमुख , उपप्रमुख , वडा अध्यक्ष विच सोमबार नगरपालिकामा छलफल भएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले हरेक क्षेत्रको विकासका लागि तिन तहको सरकार विच सहकार्य र समन्व्यले मात्र सम्भव हुने बताउनु भएको छ । उहाँले नगरको विकासका लागि नगरको प्राथमिकतामा रहेका योजना सफल पार्न आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै नगरका वडामा आवश्यक योजनाहरुलाई आवश्यकताको आधारमा प्रदेश सरकार मार्फत ल्याउन पहल गर्ने बताउनु भएको छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जनतको आधारभूत आवश्यकताको आधारमा नगरका योजनालाई प्राथमिकता दिएर संचालन गरिने बताउनुभयो । उहाँले नगरका सवै योजना संचालन गर्न स्थानिय तहले मात्रै सम्भव नहुने भन्दै यसका लागि प्रदेश सरकार र संघीय सरकारको पनि बजेट आवश्यक पर्ने बताउनुभयो । नगर प्रमुख थापाले रामपुर नगरपालिका मात्र नभई अन्य स्थानीय तहलाई पनि समेट्ने गरि प्रदेश र संघीय सरकारका सांसदहरुले पहल गर्न आग्रह गर्नुभयो । यस क्षेत्रमा मेडिकल कलेज , एयरपोर्ट , रिङरोड लगाएतका योजना अन्तरपालिकालाई जोडेर संचालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले आवश्यकता अनुसार योजना र मागको सम्बोधन गर्नु पर्ने बताउनुभयो । उहाँले राजनितिले प्रतिस्पर्धा गराउने र सहकार्यले विकास गराउने भन्दै सहकार्य र सहमितले विकास सम्भव हुने बताउनुभयो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका १० वटै वडा अध्यक्षहरुले वडामा आवश्यक योजनाहरु प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्षहरुले वडामा शिक्षा , स्वास्थ्य , खानेपानी , सडक ,विद्युत , सिंचाई पर्यटन लगाएतका माग आवश्यक रहेको जानकारी गराएका थिए ।

नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय