latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, बैशाख २०
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखाको बैठकले जेठ ५ गते शुक्रबार जिल्लास्तरीय बृहत भेला गर्ने निर्णय गरेको छ । समन्वय शाखाका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा बसेको बैठकमा विगतमो समिक्षा गरिनुका साथै आगामी दिनमा गरिने क्रियाकलापका विषयमा छलफल भएको थियो ।

अध्यक्ष अर्यालले विगतको समिक्षा र आगामी दिनको कार्ययोजना बनाउँदै भेलाबाट नयाँ कार्यसमिति गठन गरेर खेलकुद पत्रकार मञ्चलाई क्रियाशील गराउनुपर्नेमा जोड दिएका थिए । बैठकमा सचिव देव पचभैयाले खेलकुद पत्रकार मञ्च विगतमा क्रियाशील भए पनि पछिल्ला वर्षमा सुस्ताएकाले आगामी दिनमा चलायमान बनाउन कार्यसमिति बिस्तार, सदस्यता बितरण, वार्षिक कार्ययोजनाका साथै अघि बढ्ने बताए ।

कोषाध्यक्ष कृष्ण कार्कीले भेला पछि खेलकुद पत्रकारहरुका लागि तालिम सञ्चालन, सम्मान लगायतका कार्यक्रम गरी स्थानीय तह, जिल्ला खेलकुद विकास समिति, खेल सम्वद्ध संघसंस्थासँग पनि समन्वय गरेर अघि बढ्नेमा जोड दिएका थिए । खेल पत्रकाहरु मुक्ति प्रसाद न्यौपाने, सन्तोष बस्याल, दयाराज न्यौपाने, विजय बौडेल लगायतले खेलकुद पत्रकार मञ्चलाई क्रियाशील बनाएर लैजान सबै क्षेत्रसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय