latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

पाल्पा, बैशाख २०
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखाको बैठकले जेठ ५ गते शुक्रबार जिल्लास्तरीय बृहत भेला गर्ने निर्णय गरेको छ । समन्वय शाखाका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा बसेको बैठकमा विगतमो समिक्षा गरिनुका साथै आगामी दिनमा गरिने क्रियाकलापका विषयमा छलफल भएको थियो ।

अध्यक्ष अर्यालले विगतको समिक्षा र आगामी दिनको कार्ययोजना बनाउँदै भेलाबाट नयाँ कार्यसमिति गठन गरेर खेलकुद पत्रकार मञ्चलाई क्रियाशील गराउनुपर्नेमा जोड दिएका थिए । बैठकमा सचिव देव पचभैयाले खेलकुद पत्रकार मञ्च विगतमा क्रियाशील भए पनि पछिल्ला वर्षमा सुस्ताएकाले आगामी दिनमा चलायमान बनाउन कार्यसमिति बिस्तार, सदस्यता बितरण, वार्षिक कार्ययोजनाका साथै अघि बढ्ने बताए ।

कोषाध्यक्ष कृष्ण कार्कीले भेला पछि खेलकुद पत्रकारहरुका लागि तालिम सञ्चालन, सम्मान लगायतका कार्यक्रम गरी स्थानीय तह, जिल्ला खेलकुद विकास समिति, खेल सम्वद्ध संघसंस्थासँग पनि समन्वय गरेर अघि बढ्नेमा जोड दिएका थिए । खेल पत्रकाहरु मुक्ति प्रसाद न्यौपाने, सन्तोष बस्याल, दयाराज न्यौपाने, विजय बौडेल लगायतले खेलकुद पत्रकार मञ्चलाई क्रियाशील बनाएर लैजान सबै क्षेत्रसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय