latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), १७ वैशाख
रोटरी क्लव अफ रामपुर पाल्पाले नयाँवर्ष २०८० को सन्दर्भ पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । क्लवका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा पर्यटकीय क्षेत्र रामपुर नगरपालिका वडा नं ८ को भुजात सिद्धबाबाधाममा कार्यक्रम भएको हो । लुम्बिनी प्रदेश सभा सदस्य तथा क्लवका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले क्लवले निशुल्क स्वास्थ्य शिविर, कोभिड १९ को अवसरमा स्वास्थ्य सुरक्षा सामग्री वितरण, अपाङ्गता भएका नागरिकलाई ह्वील चियर वितरण लगायत क्लव स्थापनादेखि हालसम्म सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गरिरहेको बताउनुभएको छ । जापानीज नागरिक काजुमासा काकिमी ओकेबाजेले क्लवले समाजमा गरेको कार्यले आफुलाई खुशी लागेको बताउनुभएको छ । कार्यक्रममा पत्रकार सुशीला रेग्मी, भुजात सिद्धबाबा मन्दिरका अध्यक्ष त्रिलोचन अधिकारी, ज्योतिपुन्ज युवाक्लवका अध्यक्ष सुदिप गौतम लगायतले बोल्दै क्लवले रामपुरमा गरेको सामाजिक कार्यको चर्चा गर्दै नयाँवर्ष २०८० को शुभकामना दिनुभएको छ । कार्यक्रममा सहभागीलाई क्लवका उपाध्यक्ष सागरप्रसाद देवकोटाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन रोटरियन गोविन्द पाठकले गर्नुभएको हो । कार्यक्रमको अवसरमा क्लवको नयाँ सदस्य बन्नुभएका डोलराज पाठक, सुदिप गौतम, धनराज गौतम, कृष्णप्रसाद भट्टराईलाई स्वागत गरिएको छ । ओकेबाजेलाई जापानको रोटरी क्लव समक्ष कालीगण्डकी आँखा अस्पतालका स्वास्थ्य सामग्री सहयोगका लागि मागपत्र पेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय