latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी

रामपुर (पाल्पा), १६ वैशाख

नवदुर्गा माध्यमिक विद्यालय रामपुर नगरपालिका वडा नं ६ तिलकपुरको प्रवेशद्वार अगाडी जेब्रा क्रसिङ निर्माण गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय रामपुरको प्राबिधिक सहयोगमा जेब्रा क्रसिङ निर्माण गरिएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनक भण्डारी, प्रधानाध्यापक भानुभक्त न्यौपाने, शिक्षक, कर्मचारी लगायतले जेब्रा क्रसिङ निर्माण कार्यमा सहयोग गर्नुभएको छ । बढ्दो शहरीकरण हुदै गरेको रामपुरमा जेब्रा क्रसिङ अती आवश्यक रहेको र सवारी साधन धेरै गुड्ने सडकहरुमा स्थानीय सरकारले चासो दिएर काम गर्नुपर्ने इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले बताउनुभएको छ । कक्षा ८ मा अध्ययनरत विद्यार्थी सुवास अधिकारीले पुस्तकमा पढेको तर वास्तविक रूपमा जेब्रा क्रसिङ नदेखेको अवस्थामा विद्यालय प्रवेशद्वार अगाडी बनाइएपछी ढुक्कसँग सडक पार गर्न पाइएकोमा खुशी व्यक्त गर्नुभएको छ । रामपुर नगरपालिकामै पहिलो पटक स्थानीय सरकार रामपुर ६ को सहयोगमा जेब्रा क्रसिङ तयार पारिएको शिक्षक दिपेन्द्र भट्टराईले जानकारी दिनुभएको छ ।

कालीगण्डकी नदीको गौरीघाट पुल पार गरेर रामपुर बेझाड तथा वडा नं ६ को वडा कार्यालयमा सवारी साधनमा दैनिक आवतजावत गर्ने बढेपछी दुर्घटनाको जोखिम न्युनिकरण गर्न विद्यालय परिषर अगाडी जेब्रा क्रसिङ निर्माणमा सहयोग गरेको वडाध्यक्ष दिवाकर देवकोटाले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय