latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

सुशीला रेग्मी

रामपुर (पाल्पा), १६ वैशाख

नवदुर्गा माध्यमिक विद्यालय रामपुर नगरपालिका वडा नं ६ तिलकपुरको प्रवेशद्वार अगाडी जेब्रा क्रसिङ निर्माण गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ को आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय रामपुरको प्राबिधिक सहयोगमा जेब्रा क्रसिङ निर्माण गरिएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनक भण्डारी, प्रधानाध्यापक भानुभक्त न्यौपाने, शिक्षक, कर्मचारी लगायतले जेब्रा क्रसिङ निर्माण कार्यमा सहयोग गर्नुभएको छ । बढ्दो शहरीकरण हुदै गरेको रामपुरमा जेब्रा क्रसिङ अती आवश्यक रहेको र सवारी साधन धेरै गुड्ने सडकहरुमा स्थानीय सरकारले चासो दिएर काम गर्नुपर्ने इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले बताउनुभएको छ । कक्षा ८ मा अध्ययनरत विद्यार्थी सुवास अधिकारीले पुस्तकमा पढेको तर वास्तविक रूपमा जेब्रा क्रसिङ नदेखेको अवस्थामा विद्यालय प्रवेशद्वार अगाडी बनाइएपछी ढुक्कसँग सडक पार गर्न पाइएकोमा खुशी व्यक्त गर्नुभएको छ । रामपुर नगरपालिकामै पहिलो पटक स्थानीय सरकार रामपुर ६ को सहयोगमा जेब्रा क्रसिङ तयार पारिएको शिक्षक दिपेन्द्र भट्टराईले जानकारी दिनुभएको छ ।

कालीगण्डकी नदीको गौरीघाट पुल पार गरेर रामपुर बेझाड तथा वडा नं ६ को वडा कार्यालयमा सवारी साधनमा दैनिक आवतजावत गर्ने बढेपछी दुर्घटनाको जोखिम न्युनिकरण गर्न विद्यालय परिषर अगाडी जेब्रा क्रसिङ निर्माणमा सहयोग गरेको वडाध्यक्ष दिवाकर देवकोटाले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय