latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले दिने र लिनेमा पारदर्शीता भए मात्रै सुशासनको प्रत्याभूति हुने बताए । उनले जिल्लाका सम्पूर्ण पालिकाहरुको निगमन गर्ने संस्थाका रुपमा जिल्ला समन्वय समिति स्थापना गरिए पनि बजेट र जनशक्तिको अभावका कारण प्रभावकारी रुप गरे । खनालले जबसम्म जिल्ला समन्वय समितिलाई पूर्ण अधिकार सम्पन्न बनाउदैन तबसम्म स्थानीय तहहरुलाई नियन्त्रण गर्न नसकिने बताए । त्यसका निम्ति राज्यले समयमा नै ध्यान दिन जरुरी रहेको औल्याए ।
यस्तै कार्यक्रममा बोल्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले हरेक निकायमा सुशासन कायम भयो भने सर्वागिङ्ग विकास हुनेमा जोड दिए । बास्तोलाले भएको स्रोत साधनलाई सही रुपले सदुपयोग हुन नसकेको र नागरिक पनि पूर्ण सचेत नभएका कारण सुशासन कार्यान्यन फितलो देखिएको जिकिर गरे । सुशासनका निम्ति सबै पक्षहरु सजक र सचेत भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । 

त्यसै गरी तानसेन नगरपालिकाका कार्यबाहक प्रमुख प्रतिक्षा सिंजालीले राज्यको स्रोत साधनलाई सहि रुपमा प्रयोग गरेर जनतालाई विश्वास दिलाउन सके सुशासन कायम हुने र विकासले गति लिने जनाइन् । सिंजालीले जनताको अपेक्षा भन्दा आवश्यक्ताका आधारमा बजेट विनियोजन गरेको र त्यसको नियमन शुक्ष्म रुपमा गर्दै आएको उल्लेख गरिन् । उनले तानसेन नगरपालिकालाई नमुना नगरपालिका रुपमा स्थापित गर्न आफु लागेको बताईन् ।

कार्यक्रममा बोल्दै रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले ऐन, नियम कानून स्पष्ट नहुँदा भौतिक संरचनाको विकास हुन नसकेको वताए । त्यसै गरी पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले शिक्षा, स्वास्थ्य, कृषि पशुपालनमा सुशासन हुन सके देशमा समृद्धि आउने सक्ने सुझाव दिए ।

माथागढि गाउँपालिका अध्यक्ष राम बहादुर चिदीले पालिकाभित्र रहेको चुनढुङ्गा खानी उत्खनन्को रोयल्टीमा अपारदर्शी भएको हुनाले सम्बन्धित निकायको ध्यान जान आग्रह गर्दै चुस्त राख्न स्थानीय पालिकालाई पनि अधिकार दिनुपर्ने वताए ।

साक्षरता कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले देशमा सुशासन कायम नहुनुको मुख्य कारण नीति नियम स्पष्ट रुपमा लागू नहुनु, जनप्रतिनिधि र कर्मचारीवीच फरक मतभेद हुनु र सेवाग्राहीहरुको कामलाई लापरबाही गरिदिदा समस्या आएको बताए ।

त्यसै गरी बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जनताका अपेक्षा र गुनासालाई अधिकांश रुपमा पूरा गरिसकेको बताउँदै बाँकी रहेका समस्याहरुलाई सरल, सहजरुपमा पारदर्शी सेवादिने गरि अगाडि बढेको बताईन् ।

त्यस्तै कार्यक्रममा बौल्दै रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले नगरपालिका सुशासन कायम गर्न सफल भएको जिकिर गर्दै सामान्य गुनासो बाहेक अन्य खासै केही घटनाहरु नभएको बताए ।

तिनाउ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले सुशासनका औजार जबसम्म परिचालन हुँदैन तबसम्म पालिका लगायत सरकारी तथा गैरसरकारी निकायहरुमा पारदर्शिता नदेखिने स्पष्ट पारे । उनले पालिकामा स्थानीय कानून बनाउने विज्ञता नभएकाले हालसम्म कपिपेष्ट तरिकाले चल्दै आएकाले जनताका हुन नसकेको गुनासो गरे ।

साक्षरता कार्यक्रममा सामाजिक अभियान्ता एवं राजनीतिककर्मी माधव नेपालले पालिकाहरुले नयाँ योजना ल्याउन नसक्दा पुरानैलाई मात्रै निरन्तरता दिने र विपद् व्यवस्थापनमा पालिकाको कुनै व्यवस्था र तयारी नरहेको वताए ।

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख कृष्ण कार्कीले राज्यका सबै संयन्त्र जिम्मेवार र नागरिक सचेत नहुँदासम्म सुशासन कायम हुन नसक्नेमा जोड दिए ।

रिपार्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुशासन अभियन्ता टोपलाल गिरीले कार्यपत्र प्रस्तुत गरेको थिए । भने कार्यक्रमको संचालन नारायण वलीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय