latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

पाल्पा महाेत्सव २०८० काे तयारीले तिव्रता पाएकाे छ । पाल्पा तानसेनकाे टुँडिखेलमा वैशाख १४ गतेदेखी २४ गतेसम्म हुने महाेत्सवकाे स्टल निर्माण तथा प्रचारप्रसारको कामले तिव्रता पाएकाे छ ।

महोत्सव प्रचार–प्रसार संयोजक विदुर घिमिरेले अहिले स्टल राख्ने काम अन्तिम चरणमा पुगेकाे र वालउद्यान निर्माण लगायतका कामले तिव्रता पाएकाे बताए । टुँडिखेलकाे दुवाे संरक्षणकाे कार्य सकिएकाे बताउँदै संयाेजक घिमिरेले महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्री, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी गरिने बताए ।

महाेत्सव मूल अायाेजक समितिका अध्यक्ष  शैलेन्द्र भट्टराइले पाल्पाकाे टुँडिखेलमा अायाेजना गरिएकाे महाेत्सवमा टिकटकमा उत्कृष्ट हुनेलाइ पुरस्कारकाे व्यवस्था गरिनुका साथै स्थानीय कला संस्कृतिकाे जगेर्ना गर्ने किसिमका कार्यक्रमहरूकाे अायाेजना समेत गरिएकाे बताए ।

महोत्सवमा महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनीका ३०० भन्दा बढी स्टल रहने संघका सचिव एवं प्रचार–प्रसार संयोजक घिमिरेले बताए । महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय