latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा महाेत्सव २०८० काे तयारीले तिव्रता पाएकाे छ । पाल्पा तानसेनकाे टुँडिखेलमा वैशाख १४ गतेदेखी २४ गतेसम्म हुने महाेत्सवकाे स्टल निर्माण तथा प्रचारप्रसारको कामले तिव्रता पाएकाे छ ।

महोत्सव प्रचार–प्रसार संयोजक विदुर घिमिरेले अहिले स्टल राख्ने काम अन्तिम चरणमा पुगेकाे र वालउद्यान निर्माण लगायतका कामले तिव्रता पाएकाे बताए । टुँडिखेलकाे दुवाे संरक्षणकाे कार्य सकिएकाे बताउँदै संयाेजक घिमिरेले महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्री, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी गरिने बताए ।

महाेत्सव मूल अायाेजक समितिका अध्यक्ष  शैलेन्द्र भट्टराइले पाल्पाकाे टुँडिखेलमा अायाेजना गरिएकाे महाेत्सवमा टिकटकमा उत्कृष्ट हुनेलाइ पुरस्कारकाे व्यवस्था गरिनुका साथै स्थानीय कला संस्कृतिकाे जगेर्ना गर्ने किसिमका कार्यक्रमहरूकाे अायाेजना समेत गरिएकाे बताए ।

महोत्सवमा महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनीका ३०० भन्दा बढी स्टल रहने संघका सचिव एवं प्रचार–प्रसार संयोजक घिमिरेले बताए । महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय