पाल्पा, बैशाख १०
सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल खण्डको जोरधारामा आज बिहान बस दुर्घटना हुदा मृत्यु हुनेको सनाखत भएको छ । बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे तिर दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा रुपन्देही देबदह नगरपालिका ३ की ४० बर्षिय राधिका पौडेल रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । ३८ जना घाइतेको सोहि अस्पतालमा उपचार भइरहेको अस्पतालका प्राचार्य डाक्टर राजु प्रसाद शाक्यले जानकारी दिनुभयो । बस राजमार्गभन्दा करिब १०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।
घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय