latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले तरलता सहज हुँदै गएको बताएका छन् ।

शनिबार काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजित एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा उनले लगानी योग्य रकम बढेकाले उद्योगीहरुलाई फाइनान्सियल रिसोर्स अभाव नहुने बताए ।

“तपाईँहरु चिन्ता नगर्नुस् । तपाईँहरु ठूला आयोजना निर्माण गर्नुस् । बैंकहरु लगानी गर्ने स्थितिमा छन्,” उनले भने, “उत्पादनमूलक क्षेत्रमा लगानी बढोस् भन्ने हाम्रो लक्ष्य हो । त्यहीअनुसार नीतिमा सुधार हुन्छन् ।”

गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूसँग दुई खर्ब लगानीयोग्य पुँजी भएको बताएका छन् । गभर्नर अधिकारीले अर्थतन्त्र विग्रियो भनेर आत्तिनुपर्ने अवस्था नभएको बताए । “अहिले जुन फाइनान्सियल तनाव थियो, त्यसमा क्रमशः सुधार हुँदै गएको छ । सीडी रेसीयोबाट हेर्दा बैंकहरुसँग दुई खर्ब लगानी योग्य पुँजी छ,” उनले भने ।

गभर्नर अधिकारीले ११ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति भएको बताए । उनले गएको वर्ष झण्डै अढाई खर्बभन्दा माथि डेफिसिट भएको वीओपी अहिले सहज स्थितिमा रहेको जिकिर गरे । उनले अहिले १४८ अर्बको सकारात्मक बचतको स्थितिमा देश रहेको तथ्य प्रस्तुत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय