latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले तरलता सहज हुँदै गएको बताएका छन् ।

शनिबार काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजित एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा उनले लगानी योग्य रकम बढेकाले उद्योगीहरुलाई फाइनान्सियल रिसोर्स अभाव नहुने बताए ।

“तपाईँहरु चिन्ता नगर्नुस् । तपाईँहरु ठूला आयोजना निर्माण गर्नुस् । बैंकहरु लगानी गर्ने स्थितिमा छन्,” उनले भने, “उत्पादनमूलक क्षेत्रमा लगानी बढोस् भन्ने हाम्रो लक्ष्य हो । त्यहीअनुसार नीतिमा सुधार हुन्छन् ।”

गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूसँग दुई खर्ब लगानीयोग्य पुँजी भएको बताएका छन् । गभर्नर अधिकारीले अर्थतन्त्र विग्रियो भनेर आत्तिनुपर्ने अवस्था नभएको बताए । “अहिले जुन फाइनान्सियल तनाव थियो, त्यसमा क्रमशः सुधार हुँदै गएको छ । सीडी रेसीयोबाट हेर्दा बैंकहरुसँग दुई खर्ब लगानी योग्य पुँजी छ,” उनले भने ।

गभर्नर अधिकारीले ११ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति भएको बताए । उनले गएको वर्ष झण्डै अढाई खर्बभन्दा माथि डेफिसिट भएको वीओपी अहिले सहज स्थितिमा रहेको जिकिर गरे । उनले अहिले १४८ अर्बको सकारात्मक बचतको स्थितिमा देश रहेको तथ्य प्रस्तुत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय