latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, वैशाख ७

विश्व साइकल यात्री तथा पोखरा महानगरपालिका–२८, कास्की, नेपालको स्थायी बासिन्दा सुरेश आचार्य अहिले आफ्नो विश्व साइकल यात्रा मार्फत विश्व शान्ति र वातावरण संरक्षणको प्रवर्द्धन गर्ने अभियानमा लागेका छन ।
सुरेशको यात्रा भौतिक मात्र नभएर विश्व शान्ति र वातावरण संरक्षणको वकालत गर्ने यात्रा हो । सुरेशले यस अघि भारत, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, सिङ्गापुर, ताइवान, दक्षिणकोरिया, युक्रेन लगायतका देशहरुको यात्रा गरिसकेका छन ।
आफ्नो यात्राको क्रममा, सुरेशले वार्ता र कार्यशालाहरू मार्फत विश्व शान्ति र वातावरण संरक्षणको सन्देश फैलाउन मिडिया, समुदाय, संस्थाहरू र अन्य सरोकारवालाहरू सँग सम्पक राख्ने गरेका छन । शान्ति प्रवर्द्धन र वातावरण संरक्षणको लागि सुरेशको जोश लाई विश्वसमुदाबाट समेत निकै प्रशसा हुने गरेको छ । संसारमा सकारात्मक परिवर्तन ल्याउनको लागि उहाँको प्रयास सहनिय रहेको वातावरणविदहरुले वताउदै आएका छन ।

विश्व शान्ति र वातावरण संरक्षणको महत्वलाई सुरेशले आफ्नो यात्राको क्रममा विभिन्न देशहरुमा वकालत गरिसकेका छन । विश्व शान्ति मानवताको लागि सुमधुर र समृद्ध भविष्यको लागि आवश्यक छ,शान्तिको अभावले द्वन्द्व, युद्ध र आतंकवाद निम्त्याउन सक्छ त्यसलाई हामिले आआफनो ठाउँबाट रोक्नको लागि पहल गर्नुपर्दछ हामीसंगको कुराकानीमा सुरेशले भने ।
ुरेशको शान्तिको सन्देशले विभिन्न राष्ट्र र संस्कृतिहरू बीच आपसी सम्मान, सहयोग र समझदारीको आवश्यकतालाई बढावा दिईरहेको छ । आफ्नो यात्रा मार्फत, उनले मानिसहरूलाई एक शान्तिमय संसार निर्माण गर्न सँगै काम गर्न प्रोत्साहित गर्नुपर्छ, जहाँ सबै बाँच्न र फलाउन सक्छन् भन्ने सन्देश दिएका छन ।
त्यसैगरी सुरेशको वातावरण संरक्षणको सन्देशले वातावरण संरक्षणका लागि दिगो विकास अभ्यासको आवश्यकतालाई जोड दिएका छन ।सुरेशको यात्राको उद्देश्य वातावरणीय समस्याहरूको बारेमा चेतना जगाउनु र मानिसहरूलाई वातावरण मैत्री अभ्यासहरू अपनाउन प्रोत्साहित गर्नु पनि हो। यदि हामीले वातावरणको संरक्षण गर्छौं भने, हामीले हाम्रो ग्रहको दिगो भविष्य सुनिश्चित गर्न सक्छौं भन्ने उनलाई विश्वास लागेको छ ।

विश्व शान्ति र वातावरण संरक्षण प्रवर्द्धन गर्न सुरेशको प्रयासहरू महत्वपूर्ण रहेका छन विश्वले ऋइख्क्ष्म्–ज्ञढ महामारी, आर्थिक असमानता र जलवायु परिवर्तन जस्ता धेरै चुनौतीहरूको सामना गरिरहेको बेला उनको सन्देश लाई निकै महत्वपूर्ण मानिएको छ ।
सुरेशको अर्को गन्तव्य मुलुक युरोप हो, जहाँ उनले विश्व शान्ति र वातावरण संरक्षणलाई निरन्तरता दिने योजना बनाएका छन्। युरोप भ्रमणका क्रममा उनले नेपालको ग्रामीण क्षेत्रका गरिब तथा विपन्न बालबालिकालाई शिक्षा प्रदान गर्न कोष सङ्कलन गर्ने योजना रहेको छ ।
विश्व शान्ति र वातावरण संरक्षण प्रवर्द्धन गर्ने सुरेशले आफनोे मिशनलाई सफल वनाईदिनको लागि सवैसंग अनुरोध गरेका छन ।
कुराकानीमा सुरेशले भने हाम्रो पुस्ता र आउने पुस्ताको लागि केही गरौ भनेर लागेको छु हेरौ यात्रा अवश्य सफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय