latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

सुशीला रेग्मी

रामपुर (पाल्पा), ८ वैशाख

रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाले तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ को आम्दानी खर्च सार्वजनिक गरेको छ । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको अध्यक्षतामा पत्रकार सम्मेलन गरी आम्दानी खर्च सार्वजनिक गरिएको हो ।

कार्यक्रममा अध्यक्ष ढकालले एक करोड ८ लाख चार हजार ९५० रुपैयाँ आम्दानी र ६८ लाख २२ हजार ७१५ रुपैयाँ बराबरको खर्च रहेको सार्वजनिक गर्नुभयो । मेलाबाट ४० लाख ५२ हजार २३५ रुपैयाँ वचत गर्न सफल भएको संघले जनाएको छ । प्रवेश टिकट विक्रीबाट ४६ लाख ४७ हजार ५८०, विशेष टिकट विक्रीबाट ३८ हजार २५०, स्टल तथा होटलबाट ४१ लाख पाँच हजार, प्रायोजक तथा सहप्रयोजकबाट आठ लाख ३६ हजार ५५०, भलिवल खेलबाट रु २६ हजार चार सय, कृषि ज्ञान केन्द्र पाल्पाबाट ७१ ह्जार १७०, रामपुर नगरपालिकाबाट १० लाख, पूर्वखोला, निस्दी र रम्भा गाउँपालिका बाट ५०÷५० हजार गरी रु एक करोड आठ लाख ७४ हजार ९ ५० आम्दानी गर्न सफल भएको जनाइएको छ ।

आम्दानी भएको रकममध्ये पालिकाबाट रकम भुक्तानी लिन बाँकी रहेको छ । मेलाबाट वचत भएको रकम संघको भवन निर्माण, व्यवस्थित रुपमा कार्यालय सञ्चालन र संघका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि खर्च गरिने अध्यक्ष ढकालले जानकारी दिनुभयो । उहाँले सबैको साथ र सहयोगबाट मेला सफल भएको बताउँदै केही रकम आउन ढिला भएकाले समयमै खर्च सार्वजनिक गर्न नसकिएको बताउनुहुदै लेखापरीक्षण पश्चात खर्च सार्वजनिक गरिएको छ । वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव विनोद श्रेष्ठले गर्नुभएको हो । महोत्सव भएको दुई महिना पछि पत्रकार सम्मेलनमार्फत आम्दानी खर्च आज सार्वजनिक भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरे, प्रेस संयोजक बासुदेव ढकाल, वाणिज्य उपाध्यक्ष विष्णु सारु लगायतले मेलाको समिक्षात्मक धारणा राख्नुभएको छ । कार्यक्रममा पृथ्वी टेलिभिजनका स्टेशन प्रबन्धक कृष्णप्रसाद पौडेल, पत्रकार सुशीला रेग्मी लगायतले महोत्सवको खर्च सम्बन्धी जिज्ञासा राख्नुभएको छ । रामपुरमा गत माघ २७ देखि फागुन ८ गतेसम्म तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय