latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी

रामपुर (पाल्पा), ६ वैशाख

रामपुर नगरपालिका वडा नं ५ मा व्यक्तिगत घटना दर्ता सप्ताहव्यापी अभियानको सचेतना कार्यक्रम भएको छ । वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलका अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा रहनु भएको हो । उहाँले काम गर्ने क्रममा धेरै समस्या आइपरेको छ, त्यसलाई सत्यतथ्य पहिल्याएर कामलाई सहज रुपमा अगाडी बढाउने बताउनुभएको छ । उहाँले गाउघर, टोलका सबै नागरिकलाई सचेत बनाउने, न्यायिक समितिमा घटना दर्ताका समस्या लिएर आउने गरेको बताउनुहुदै नगर उपप्रमुख थापाले समस्यालाई समाधान गर्न सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सप्ताहव्यायी घटना दर्ताका बारेमा जानकारी दिनुभएको छ । जन्मदर्ता, विवाहदर्ता, सम्बन्धबिच्छेद, बसाइँसराइ, मृत्युदर्ता जीवनमा आइपर्ने घटना ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा दर्ता गर्नुपर्ने, यो सन्देश सबैमा जानकारी दिन यसलाई सप्ताहव्यापी कार्यक्रममार्फत जानकारी दिइएको उहाँले बताउनुभएको छ । तीनवर्ष देखि वर्ष सुरु भएको पहिलो हप्ताभित्र व्यक्तिगत घटना दर्ता सप्ताहव्यापी रुपमा गर्न थालिएको, घटना दर्ता समयमा नै गर्नुपर्ने र यसलाई समाजका अगुवा, जनप्रतिनिधि, टोल विकास समिति, राजनैतिक दल, संचारकर्मी, कर्मचारी लगायतले प्रचार–प्रसार गरेर सघाउ पु¥याउनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले आग्रह गर्नुभएको छ । कार्यक्रमको संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो ।

कार्यक्रममा वडाभित्र रहेका विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, स्वास्थ्य स्वयमसेविका, टोल विकास संस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियोे । कार्यक्रममा कार्यपालिका सदस्य माया नेपालीले सहभागीलाई स्वागत गर्नुभएको थियोे । कार्यक्रममा निवर्तमान वडाध्यक्ष हिमाल मल्लले व्यक्तिगत घटना दर्तामा सबैभन्दा बढी विवाह दर्तामा झमेला आउने गरेको र यस कार्यलाई सरोकारवाला सबैले सहयोग गरेर सरल बनाउनुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय