latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

पाल्पा, वैशाख ६
तानसेन नगरपालिकालाई पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा छलफलका लागि उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएको छ । दरवार क्षेत्रलाई विश्व सम्पदा सूचीमा पार्ने योजनाका साथ अगाडी बढाएको पाल्पा दरवार क्षेत्रका संरचना भत्काउने कार्य सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेशका लागि निवेदन परेको हो ।
बुधबार ४ बजे उच्च अदालतले म्याद तामेल भई छलफलका लागि बोलाएकोले दरबार क्षेत्र भत्काउने कार्य तत्कालका लागि स्थगीत गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए । तानसेन नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पेश भएको निषेधाज्ञा उत्प्रेषण परमादेश रिट निवेदनको ६ गते ४ बजे म्याद तामेल भई ७ गते छलफलका लागि बोलाईएकाले सो समय पश्चात् हाललाई संरचना भत्काउने कार्य स्थगन गरिएको छ, प्रवक्ता कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । संरचना भत्काउँदा अवरुद्ध बनेको बाटो सफा गर्ने र असुरक्षित वस्तुहरुको व्यवस्थापन भने गर्दै जाने बताइएको छ ।
बुधबार बिहान ७ बजेदेखी नगरपालिका सहित विभिन्न संघसंस्थाले सञ्चालन गरेका घरटहरामा भत्काइएको थियो । पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल संगठनको एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका थिए । यही क्षेत्रमा विक्रम संवत् २००२ देखि २०२२ सम्म तत्कालीन राणा शासकहरुले अर्को व्यवस्था नभएसम्मका लागि दिएका २४ वटा सटरसमेत रहेको थियो ।
पुरातत्व विभागको पत्रका साथै सर्वदलीय, सर्वपक्षीय छलफलबाट निस्केको निष्कर्षका आधारमा सौन्दर्यीकरण तथा पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि घरटहरा हटाउने निर्णय गरि कार्यान्वयन गरेको थियो ।
नगरपालिकाले सटरमा रहेका वहालवालाहरुलाई हटाउन ३५ दिनअघि नै पत्राचार गरेको थियो । सूचनाअनुसार घरटहरामा व्यापारी व्यवसायीले घरटहराका सामान हटाइसकेका थिए । सामान हटाएपछि घरटहरा भत्काउन सुरु गरिएकोमा हाललाई अदालतको पत्रपछि भत्काउने कार्य स्थगित गरिएको जनाएको छ । तानसेन नगरकार्यपालिकाको नवौं बैठकले सर्वपक्षीय क्षेत्र प्राप्त सुझाव र सल्लाह अनुसार पाल्पा दरबारको सौन्दर्यकरणका लागि घरटहरा हटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय