latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

पाल्पा, वैशाख ३

रामपुर नगरपालिकाका दश वटै वडामा उन्नत जातको विउ बोका वितरण गरिएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज नेपालको सहजिकरणमा नस्ल सुधारको लागि उन्नत जातको बोयर क्रस बोका वितरण गरेको हो ।

रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत आईतबार नगर भित्रका १० वटै वडा भित्र गठन भएका २१ वटा उपहार समुहलाई २१ वटा उन्नत जातको विउ बोका वितरण गरेको हो । रामपुर नगरपालिका वडा नं. ८ कोल्टारमा व्याडे बाख्रा वितरण गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले नस्ल सुधारका लागि विउ बोका वितरण गरेको बताँउदै उत्पादनमा बृद्धि  गरि व्यवसायी बन्न आग्रह गर्नुभयो । उहाँले उन्नत जातका बाख्रा पालन गरि नगरलाई मासुमा आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो । साथै उन्नत जातका व्याडे बाख्रा उत्पादनमा बृद्धि गरि व्यवसायीक बाख्रा पालनमा जोड दिनु पर्ने बताउनु भएको छ । यस्तै रामपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दिनेश आचार्यले विउको रुपमा पाएको बोकाको राम्रो हेरचाह गर्न आग्रह गर्दै उन्नत जातका बाख्रा पालन गरि आत्मनिर्भर बन्नु पर्ने बताउनुभयो । कार्यक्रममा रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका प्राविधिक संयोजक क्षितिज विक्रम खाँणले वितरण गरिएको विउ बोकाको बारेमा जानकारी गराँउदै आहार विहार र स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नुभयो ।

रामपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दिनेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको संचालन रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सञ्जु परियारले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय