latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, वैशाख ३

रामपुर नगरपालिकाका दश वटै वडामा उन्नत जातको विउ बोका वितरण गरिएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज नेपालको सहजिकरणमा नस्ल सुधारको लागि उन्नत जातको बोयर क्रस बोका वितरण गरेको हो ।

रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत आईतबार नगर भित्रका १० वटै वडा भित्र गठन भएका २१ वटा उपहार समुहलाई २१ वटा उन्नत जातको विउ बोका वितरण गरेको हो । रामपुर नगरपालिका वडा नं. ८ कोल्टारमा व्याडे बाख्रा वितरण गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले नस्ल सुधारका लागि विउ बोका वितरण गरेको बताँउदै उत्पादनमा बृद्धि  गरि व्यवसायी बन्न आग्रह गर्नुभयो । उहाँले उन्नत जातका बाख्रा पालन गरि नगरलाई मासुमा आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो । साथै उन्नत जातका व्याडे बाख्रा उत्पादनमा बृद्धि गरि व्यवसायीक बाख्रा पालनमा जोड दिनु पर्ने बताउनु भएको छ । यस्तै रामपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दिनेश आचार्यले विउको रुपमा पाएको बोकाको राम्रो हेरचाह गर्न आग्रह गर्दै उन्नत जातका बाख्रा पालन गरि आत्मनिर्भर बन्नु पर्ने बताउनुभयो । कार्यक्रममा रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका प्राविधिक संयोजक क्षितिज विक्रम खाँणले वितरण गरिएको विउ बोकाको बारेमा जानकारी गराँउदै आहार विहार र स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नुभयो ।

रामपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दिनेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको संचालन रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सञ्जु परियारले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय