latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, चैत २९

पाल्पा बुटवल सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले स्थलगत अवलाेकन गरेका छन् ।

तिनाउँ गाउँपालिकाकाे सिद्धबाबास्थित सुरुङमार्ग निमाण स्थलको अवलोकन गरेका हुन् । नेपालका लागि चिनिया राजदूत, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती, भौतिक पूर्वाधार मन्त्रालयका सचिव पूर्व सांसद सोमप्रसाद पाण्डेयलगायतले सुरुङमार्ग निमाणस्थलको अवलोकन गरेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङ मार्ग तोकिएको समयमा निर्माण सम्पन्न हुने बताए। सरकारले अहिले सबै भैतिक पूर्वाधारका संरचना निर्माण समयमा गर्नका लागि चासो दिएको हुँदा सुरुङमार्ग निर्माण तोकिएको समयमै सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको उनले बताए । मन्त्री ज्वालाले बुटवल, पाल्पा हुँदै विभिन्न ठाउँमा पुग्ने सडक असुरक्षित भएकाले सिद्धबाबामा सुरुङमार्ग निर्माण शुरु गरिएको बताए । उनले यो सडकलाई सुरक्षित बनाउनका लागि सुरुङमार्ग र अन्य ठाउँमा सडक सुरक्षित हुने गरि काम अघि बढाइएको पनि सो बखत बताए ।

सरकारले निर्माणाधीत सडकहरु चाँडो सक्न सबै पक्षलाई बोलाएर छलफल गर्ने पनि बताउनुभयो । मन्त्री ज्वालाले सिद्धबाबामा सुरुङमार्ग निर्माण शुरु भएपछि यात्रामा सहजता आउने बाउँदै सडकलाई सुरक्षित बनाउनका लागि सुरुङमार्ग र अन्य ठाउँमा सडक सुरक्षित हुने गरि काम अघि बढाइएको दाबी गरे।

सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा बन्न लागेको सुरुङमार्गमा हाल पूर्वाधार निर्माणको काम संचालनमा रहेको छ । उक्त क्षेत्रमा एक किलोमिटर १२६ मिटरको सुरुङमार्ग निमाण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय