latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

सुशीला रेग्मी रामपुर (पाल्पा), २३ चैत

मौरीपालन सम्बन्धी कृषकस्तर दुईदिने घुम्ती तालिम पाल्पाको रामपुरमा सकिएको छ । लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र पाल्पाको आयोजनामा कार्यक्रम भएको हो । कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले मौरीको धार्मिक र आध्यात्मिक महत्व समेत रहेको हुदा व्यावसायिक उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । रामपुरमा उर्भराभुमि प्रशस्त रहेको हुदा मौरीपालनलाई व्यावसायिकरण गर्नुपर्ने र यस व्यावसाय बिस्तार, प्रवद्र्धनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभएको छ । कृषि तथा भुमि व्यवस्था मन्त्रालयका पशुपंक्षी विकास अधिकृत हुमकान्त पाण्डेयले मौरीबाट उत्पादन भएको मह स्वादका लागि मिठो मात्र नभई जिविकोपार्जन, मनोरञ्जनका लागि अति राम्रो रहेको बताउनुभएको छ । यसलाई व्यावसायिकरण गरी नाफामुलक बनाउने गरी जनप्रतिनिधिको सहायतामा योजनाबद्ध रुपमा काम गरेमा मौरीपालनबाट मनग्य आम्दानी गर्न सकिने बताउनुभएको छ । रामपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवाकर देवकोटाले व्यावसायिक रुपमा मौरीपालन गर्नेलाई थप सीप विकास तालिमको लागि वडाबाट तथा माथिल्लो निकायमा आयोजना हुने तालिममा समन्वय गर्ने बताउनुभएको छ । कार्यक्रमको संचालन कृषि ज्ञानकेन्द्र पाल्पाका बाली संरक्षण अधिकृत मिलन गैरेले गर्नुभएको हो । तालिममा रामपुर नगरपालिका सहित निस्दी गाउँपालिकाका गरी ४० कृषकको सहभागीता थियो । तालिमका सहजकर्ता हुमनाथ न्यौपानेले तालिममा सहभागीमध्ये ३० प्रतिशतले मौरीपालन गरिरहेकाले यस तालिमले व्यावसायमा ठुलो सहयोग पुग्ने बताउनुभएको छ । तालिमको सहजिकरण कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी, बाली संरक्षण अधिकृत मिलन गैरे, रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय, न्यौपाने मौरी स्रोत विकास केन्द्रका हुमनाथ न्यौपानेले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय