latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), २२ चैत
पाल्पाको रामपुर नगरपालिकाका वीउविजन सम्बन्धी तालिम सुरु भएको छ । वीउविजन क्षेत्रका बहुसरोकारवालाहरु संगको समन्वय सहकार्य र साझेदारीमा आधारित व्यवसाय उन्मुलन वीउवीजन सम्बन्धी चारदिने तालिम रामपुर नगरपालिका वडा नं ६ को आयोजनामा तालिम सुरु भएको हो ।
दरैठाँटी मावि विजयपुरको सभाहलमा वडाध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको छ । कार्यक्रमको उद्देश्यमाथि जानकारी दिदै रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सामुदायिक रेडियो रामपुरका प्रतिनिधि दिपेन्द्र भट्टराईले गर्नुभएको हो । अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष तथा युवा समाजसेवी सन्दिप रानाले हाम्रो जीवनसंग जोडिएको कृषिको महत्वलाई उजागर गरी यसबाट सबै नागरिक आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले कृषिप्रधान देश नेपालमा आफ्नै देशको उत्पादनले नेपाली बाँच्ने अवस्था नरहेको हुदा समयानुकूल कृषिजन्य प्रविधिको प्रयोग गरेर बाँझिएका जमिन हराभरा बनाएर आफ्नै देशमा उत्पादन भएको वस्तु उपभोग गरी जीवनयापन गर्नुपर्ने बताउनुभएको छ । नेपालमा निर्यातभन्दा तीन गुणा बढी आयात गर्नु परिरहेको अवस्था रहेको बताउनुहुदै अब आयातलाई घटाउने गरी उत्पादन बढाउनुपर्ने बताउनुहुदै गाउघरमा रैथाने बालि लोप हुदै गएको अवस्थामा अब यसलाई पुनःनिरन्तरता दिनुपर्ने युवा समाजसेवी रानाले बताउनुभएको छ । कार्यक्रममा वीउविजन प्रयोगशाला भैरहवाका प्रमुख शालिकराम गौतमले तालिममा सिकेका सिपलाई व्यावहारमा प्रयोग गर्न सकियो भने कृषकले आर्थिक लाभ लिन सक्ने बताउनुभएको छ । ब्रह्मकुमारी ईश्वरीय विद्यालय रामपुरका सरस्वतीले प्रवचनमार्फत स्वस्थ भोजनले मानिस स्वस्थ र फुर्तिलो हुने बताउनुभएको छ । वीउविजन सम्बन्धी तालिम दरैठाँटी मावि हल र मौरीपालन सम्बन्धी तालिम विजयपुर कृषि सहकारीको हलमा हुनेछन् ।
कृषि ज्ञानकेन्द्र पालपाको आयोजनामा मौरीपालन सम्बन्धी तालिम दुईदिन चल्नेछ । मौरीपालन सम्बन्धी तालिमको सहजिकरण कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी, बालीसंरक्षण अधिकृत मिलन गैरे, रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय, रामपुर मौरीस्रोत केन्द्रका हुमनाथ न्यौपानेले गरिरहनुभएको छ । वीउविजनसम्बन्धी राष्ट्रिय गहुँबाली विकास कार्यक्रमका बरिष्ठ वैज्ञानिक दिपक पाण्डेय, वीउविजन प्रयोगशाला भैरहवाका प्रमुख शालिग्राम गौतम, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी, बालीसंरक्षण अधिकृत मिलन गैरे, रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय