तानसेन — “तानसेन नगरपालिकाको नेवार बौद्ध समुदायका सांस्कृतिक मूल्यहरू” विषयक छलफल कार्यक्रम तानसेनमा सम्पन्न भएको छ।



शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजनामा प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता तथा भिक्षु महेन्द्र भन्तेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
महाचैत्य विहार, ज्ञामाला सभा, टक्सार तानसेनमा आयोजित कार्यक्रममा तानसेनका नेवार समुदाय र बौद्ध धर्म, नेवार संस्कृति, चाडपर्व, बौद्ध समुदाय, बौद्ध संस्कृतिको प्रभावकारिता तथा प्रयोगलगायत समसामयिक विषयमा गहन छलफल गरिएको थियो। सहभागी वक्ताहरूले नेवार बौद्ध समुदायका सांस्कृतिक मूल्य, परम्परा संरक्षणका चुनौती तथा त्यसको पुस्तान्तरणका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।
विषयगत छलफलमा बौद्धमार्गी मंगलप्रसाद बज्राचार्य, दिलबहादुर शाक्य, केशव बज्राचार्य, सौन्दर्यवती शाक्य, बुद्धरत्न शाक्य, महेशलाल शाक्य, सुरज शाक्य, सन्जिल शाक्य तथा पत्रकार सेनानी मेघराज शर्माले विचार व्यक्त गरेका थिए।
कार्यक्रममा भिक्षु महेन्द्र भन्तेले विशेष सम्बोधन गर्दै बौद्ध संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा समुदायको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव चन्द्रकान्त न्यौपानेले गर्नुभएको थियो।








