मालपोत तथा नापी कार्यालयहरूमा सरकारले नयाँ नियम लागू गर्ने भएको छ। सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन लेखापढी व्यवसायीहरूका लागि अनिवार्य ड्रेस कोड, परिचयपत्र र रेट कार्डको व्यवस्था गर्न लागेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अब देशभरका मालपोत र नापी कार्यालयमा कार्यरत मन्त्रालयले बुधबार लेखापढी व्यवसायीहरूसँग छलफल गर्दै आफ्नो पहिचान स्पष्ट खुल्ने परिचयपत्र प्रयोग गर्न, छुट्टै ड्रेस कोड लागू गर्न र सेवा शुल्कको रेट कार्ड अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बताइन् ।
यसअघि चैत दोस्रो साता नै मन्त्रालयले मालपोत र नापी कार्यालयमा बिचौलियाहरूको निषेध गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय