पाल्पा, २ बैशाख

पाल्पाको बगनासकाली गाउँपालिका ७ दैलातुङ्ग स्थित कालिगण्डकी नदीमा हिजो पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना मध्ये एक जनाको शब फेला परेको छ । अर्का एक जना अझै बेपत्ता रहेका छन् ।

आज बिहान करिब ८ बजेको समयमा बगनासकाली गाउँपालिका ९ चापपानीका २९ बर्षिय तोयनाथ बस्यालको शब दैलातुङ्ग स्थित कालिगण्डकी नदीमा फेला परेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका बगनासकाली गाउँपालिका ९ चापपानीका ३९ बर्षिय शरण भुषालको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाशचौधरीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय