latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

एमाले पाल्पा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले अन्य राजनितिक दलका उम्मेदवारहरुले जनता सामु गरेको प्रतिवद्धतालाई स्विकार गरी कार्यान्वन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।  माथाँगढीको सराईमा स्थानीय जनताको सहभागितामा  प्रतिवद्धतापत्र सार्वजनिक गर्दै एमाले उम्मेदवार आचार्यले अन्य राजनितिक दलले जनता सामु गरेको प्रतिवद्धता पनी जनताको माग र विकास कुराहरु भएकोले  एमालेले  ग्रहण गरेर  कार्यान्वयन गर्नृे  प्रतिवद्धता जनाए । आचार्यले अन्य दलका प्रतिवद्धता पत्र पनि एमालेकै प्रतिवद्धतापत्र सरह मान्यता दिएको आचार्यले बताए ।
उम्मेदवार आचार्यले  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र   स्थानीय जनताको सहभागितामा माथाँगढीको सराईमा सार्वजनिक  गरे ।  प्रभावित क्षेत्रका जनताको सहमती र स्विकृती वेगेर कालीगण्डकी डाईभर्सनको  काम हुन नसक्ने एमाले उम्मेदवार आचार्यले बताए । उम्मेदवार नारायण प्रसाद आचार्यले ’समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई मूर्त रूप दिन पाल्पा क्षेत्र नं. १ को भौतिक र मानवीय विकासका योजनाहरू सार्वजनिक गरेका छन ।
कालीगण्डकी करिडोरको बाकी रहेको  निर्माणलाई द्रुत गतिमा सम्पन्न गर्ने, आर्यभन्ज्याङ–रामपुर सडकको स्तरोन्नति गर्ने र बाँसटारी–झडेवा–दुम्कीवास वैकल्पिक सडक निर्माण गर्ने लक्ष्य राखेको छ ।  साथै, रामपुर निस्दी, पूर्वखोला, रम्भा र माथागढीका वडा केन्द्र जोड्ने सडकहरूको स्तरोन्नतिलाई प्रतिवद्धतापत्रमा प्राथमिकता दिइएको छ ।
पालिका स्तरमा ’नमुना विद्यालय’ स्थापना गर्ने, सहिद बहुमुखी क्याम्पस रामपुरलाई नेतृत्वदायी शैक्षिक संस्थाको रूपमा विकास गर्ने र प्राविधिक शिक्षामा जोड दिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।  साथै, मगर मातृभाषामा पठनपाठन सुरु गर्ने र विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने, पालिकास्तरमा कम्तिमा एक एक वटा नमुना विधालय बनाउने योजना प्रतिवद्धतापत्रमा रहेको छ ।
रामपुर अस्पताललाई ’ट्रमा सेन्टर’ सहित विशेषज्ञ सेवामा स्तरोन्नति गर्ने, निस्दी, पूर्वखोला, रम्भा र माथागढीमा १५ शय्याका आधारभूत अस्पतालहरूको निर्माण सम्पन्न गरी  छिटो सेवा सञ्चालनमा ल्याउने र स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउने  एमाले उम्मेदवार आचार्यले प्रतिवद्धतापत्रमा जनाएका छन ।
व्यवसायमुखी कृषि’ मा जोड दिँदै कालीगण्डकी लिफ्ट सिँचाइ र विभिन्न स्थानमा  ड्याम निर्माण गरी सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ । अदुवा, सुन्तला, अम्रिसो र बेमौसमी तरकारीको बजार व्यवस्थापनका लागि ’हाटबजार र थोक बजार केन्द्र’ निर्माण गरिने उम्मेदवार आचार्यले प्रतिबद्धता पत्रमा जोड दिएका छन ।  युवाहरूका लागि ’बिउ पुँजी’ र सहुलियत ऋण उपलब्ध गराई स्वरोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरूको सीप उपयोग गर्ने नीति लिइएको छ ।
काउलेडाँडा, जल्पा चुलीडाँडा र मदनपोखरा जस्ता क्षेत्रलाई ’हिल स्टेशन’ का रूपमा विकास गर्ने, होमस्टे प्रवद्र्धन गर्ने र आदिवासी जनजातिको पहिचान झल्किने संग्रहालय निर्माण गर्ने योजना छ। वातावरण संरक्षणका लागि डढेलो नियन्त्रण र अम्रिसो, दालचिनी जस्ता आयमुलक वृक्षारोपणलाई  प्रतिवद्धतापत्रमा एमाले उम्मेदवार आचार्यले जोड दिइएका छन ।
सार्वजनिक सेवालाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउने, निर्वाचन क्षेत्रका नागरिकसँग ’प्रत्यक्ष संवाद’ र ’जनतासँग जनप्रतिनिधि’ कार्यक्रम मार्फत जनगुनासो सम्बोधन गर्ने प्रतिबद्धता उम्मेदवार आचार्यले व्यक्त गरेका छन ।
पाल्पा क्षेत्र नं. १ मा एमालेले राम्रो काम गरेकोले  २०५१ साल देखी निरन्तर विजय हासिल गर्दै आएकोले निर्वाचनको समयमा सबै उम्मेदवारले जनता सामु गरेको प्रतिवद्धतालाई एमालेले अपनत्व लिई आफुले साझा उम्मेदवारको रुपमा काम गर्ने एमाले उम्मेदवार आचार्यले पत्रकार सम्मेलनमा बताए । पाल्पा क्षेत्र नं. १ भुगोल, जनताका समस्या बुझेको, जनताको हरेक दुःखमा सहभागी भएकोले जनताले मायाँ गर्दै आएकोले, यस पटक पनि सूर्यमा मतदान गरी एमालेलाई विजयी बनाउन उम्मेदवार आचार्यले मतदाता संग अनुरोध गरे ।  अघिल्लो निर्वाचनमा नेपाली काग्रेस सहितको गठबन्धन हुदा समेत ११ हजार मतले निवाचन जितेको र यस पटक एकल प्रतिष्प्रर्धा भएकोले अघिल्लो पटक भन्दा धैरे मतले निर्वाचनमा विजय हासिल गर्ने एमाले उम्मेदवार आचार्यले दावी गरे । माथाँगढी एमाले गाउँकमिटीका अध्यक्ष मान बहादुर रानाको अध्यक्षतामा भएको प्रतिद्धतापत्र सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रम संचालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय