latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

माथागढी गाउँपालिका–१ चिदीपानीस्थित जाउपोखरा आधारभूत विद्यालयमा पौष ४ गते शुक्रबार तेस्रो खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष थमन सिंह सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा माथागढी गाउँपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा अध्यक्ष राजकुमार पन्थीको उपस्थिति रहेको थियो। कार्यक्रममा सौभाग्य माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनाल, सहायक प्रधानाध्यापक अनुप शर्मा, जाउपोखरा आधारभूत विद्यालयका प्रधानाध्यापक गिरिराज बेलबासे, आदर्श आधारभूत विद्यालयका शिक्षक सुबास न्यौपाने लगायत विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यालयले विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्ने, सांस्कृतिक विविधताको संरक्षण गर्ने तथा स्थानीय परिकारको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको जनाएको छ। महोत्सवमा सम्पूर्ण विद्यार्थी, शिक्षक–स्टाफ तथा स्थानीय समुदायको सक्रिय सहभागिता देखिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष राजकुमार पन्थीले यस्ता रचनात्मक कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास वृद्धि गर्नुका साथै सामाजिक सीप, नेतृत्व क्षमता र स्थानीय संस्कृतिप्रति गर्व गर्ने भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक गिरिराज बेलबासेका अनुसार महोत्सवमा विद्यार्थीहरूले घरमै तयार गरेका परम्परागत परिकारदेखि आधुनिक फुड–स्टलसम्मका विविध सामग्री प्रस्तुत गरेका थिए। विद्यालय र समुदायबीचको सहकार्यको उत्कृष्ट उदाहरण बनेको यस कार्यक्रमलाई आगामी वर्ष अझै मौलिक, सिर्जनात्मक र प्रभावकारी बनाइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

महोत्सव अवधिभर विद्यार्थीहरूले उत्पादन गरेका विभिन्न स्थानीय परिकार, आकर्षक सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक स्टल तथा स्थानीय पहिचान झल्काउने सामग्रीहरूको प्रदर्शनी गरिएको थियो। कार्यक्रम सञ्चालनको जिम्मेवारी शिक्षक डेमबहादुर गाहाले कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो।

कार्यक्रममा सयौँको संख्यामा अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता रहँदा सम्पूर्ण वातावरण उल्लासमय र सांस्कृतिक रंगले भरिएको देखिन्थ्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय