latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
शुक्रबार , असार १२, २०८३
सदरमुकामस्थित मोहन कन्या माध्यमिक विद्यालयले स्थापनाको ७५औं वार्षिकोत्सव एवम् हीरक महोत्सव २०८२ का अवसरमा नगरस्तरीय एक दिने कम्प्युटर हार्डवेयर्स एवम् प्रोग्रामिङ्गसम्बन्धी प्रशिक्षण आज सम्पन्न गरेको छ ।
कार्यक्रममा ई. लक्ष्मण गैरेले वेवसाइट डिजाइन, ई. मिलन थापाले प्रोग्रामिङ्ग र ई. विष्णु थापाले कम्प्युटर हार्डवेयर्ससम्बन्धी आधारभूत धारणा एवम् सिप विकासको ब्यवहारिक अभ्यास गराउनु भएको थियो । विद्यालयको कम्प्युटर ल्याबमा गरिएको कार्यशालामा विद्यालयका कम्प्युटर ईञ्जिनियरिङ्ग विभाग संयोजक ई. तिलकराम भण्डारी, प्रशिक्षक इशा ज्ञवालीसहित विद्यालयका कक्षा १२ का ओजेटी कार्यक्रममा सहभागी १४ जना विद्यार्थीहरूसहितले सहजीकरण गर्नुभएको थियो ।
तानसेन नगरपालिका र तिनाउ गाउँपालिकाका गरी १० विद्यालयका १९ जना विद्यार्थी र सम्बन्धित विद्यालयका शिक्षकहरूगरी जम्मा ३० जना सहभागी यस प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठले तानसेनमा शैक्षिक वातावरण निर्माणमा विद्यालयले महत्वपूर्ण कार्य गरिरहेको बताउनुभयो । त्यसैगरी प्रधानाध्यापक दिपक प्रसाद ज्ञवालीले विद्यालयको हीरक महोत्सवका अवसरमा विद्यालयले जिल्ला एवम् नगरस्तरीय कार्यक्रमहरू गरी अन्य विद्यालयलाई समेत लाभ दिने प्रयास गरेको बताउनुभयो । कम्प्युटर ईञ्जिनियरिङ्ग विभागका संयोजक ई तिलकराम भण्डारीले अन्य विद्यालयको माग भएमा दक्ष इञ्जिनियरहरूबाट ती विद्यालयका लागि छोटो अवधिका तालिम कार्यक्रम सञ्चालन गर्न तयार रहेको बताउनुभयो । त्यसैगरी सहभागीहरूको तर्फबाट पद्म पब्लिक माध्यमिक विद्यालयका शिक्षक सिता अधिकारीले छोटो समयमा महत्वपूर्ण सिप सिक्न पाएको बताउँदै विद्यालयहरूको सहकार्यमा थप सिकाइ गर्न सकिने बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठको अध्यक्षतामा चलेको समापन समारोहमा अध्यक्ष श्रेष्ठ र प्रधानाध्यापक ज्ञवालीले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । कार्यक्रम शिक्षक होम बहादुर खड्काले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय