बिहिबार , जेठ २१, २०८३

रोटरी क्लव अफ पाल्पा लुम्बिनीको आठौ पदस्थापन कार्यक्रम २०८२ साल श्रावण १० गते सम्पन्न भएको छ । क्लवको अध्यक्षमा रो. लक्ष्मण प्रसाद कोइरालाले नयाँ अध्यक्षको पदभार ग्रहण गर्नुभयो ।
क्लवले आठौ वर्षमा प्रवेश गरेको अवसरमा प्रेसिडेन्ट लक्ष्मण कोइरालले रोटरी वर्ष २०२५÷०२६ को योजना प्रस्तुत गर्देै सामाजिक कार्यलाई निरन्तरता दिएर क्लवको उचाई अझ बढाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशलन डिस्ट्रिक ३२९२,पास्ट गर्भनर राजिव पोखरेलले क्लवले अघि सारेका योजनाहरुलाई समयमानै सम्पन्न गर्न आग्रह गर्दे आवश्यक सहयोग डिष्ट्रिकबाट गर्ने तथा रोटरीको नम्सहरुलाई आत्म साथ गरि समाज परिवर्तनका लागि स्वार्थ भन्दा माथि सेवा भन्ने भावलाई रोटरी क्लव अफ पाल्पा लुम्बिनीले अगिकार गरि अगाडी बढेकोमा खुसी व्याक्त गदर्,ै आगामी दिनमा पनि यस्तै समाजिक कार्यमा लाग्ने प्रतिवद्धता समेत जनाए ।
क्लवका चार्टर प्रेसिडेन्ट गोपाल बहादुर पोखरेलले समाजिक क्षेत्रमा लागेका सहयोगी मनहरुलाई एक सुत्रमा बाँधी समाजिक रुपन्तरण अभियानमा लाग्न आग्रह गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
क्लवका इमिडेट पास्ट प्रेसिडेन्ट प्रदिप खनालले समसामयिक चुनौति तथा अवसरलाई आ—आफ्नो ठाउबाट हातेमालो गरि क्लवले अघि सारेका कार्ययोजनालाई पुरा गर्न सकिने विश्वास व्यक्त गरे । वर्ष २४÷२५ मा यस क्लवले विभिन्न विधामा अवार्ड प्राप्त गरेको साथै आगामी वर्षहरुमा सरहानिय कार्य गर्न अफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गनुभयो ।
क्लवका पास्ट प्रेसिडेन्टे रमेश न्यौपाने क्लवले उठाएका सामाजिक कार्यलाई पूरा गर्नका लागि सहकार्य गरि काम गर्ने बताए ।
क्लवका असिस्टेण्ट गर्भनर प्रदिप प्रसाद उदयले छोटो समयमा सामाजिक क्षेत्रमा सराहनिय कार्य गरेको र आगामी दिनमा पनि असल कार्य सम्पादन गर्न शुभकामना व्यतm गरे ।
क्लबले अघि सारेका योजनाहरुलाई डिस्ट्रिकबाट हुने सहयोगलाई पहल गर्ने आर आइ डि ३२९२ पास्ट असिस्टेण्ट गर्भनर संजिव शर्मा रेग्मी ,राज कुमार गुप्ता, सुरज क्षेत्रीले प्रतिवद्धता व्यक्त गरे ।
रोटरी क्लव अफ पाल्पा लुम्बिनीले छोटो समयमानै धेरै सामाजिक कार्यमा सफलता हासिल गर्नमा तल्लीन रहेको, थप उर्जाको आवश्यक रहेको कार्यक्रम संयोजक तथा प्रेशिडेन्ट इलेक्ट शिखा पहारीले मन्तवमा जोड्नु भयो ।
रोट¥याक क्वल अफ पाल्पा लुम्बिनी आसुतोश भुसालले क्लव संग हातेमालो गरि समाजिक कार्य गर्ने प्रतिवद्धता व्यतm गरे । क्लवका सह सचिव महेश्वर पन्त को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम क्लवका प्रेशिडेन्ट नोमिनि मुक्तिराम भुषाल, सचिव हरि अर्यालको संचालन,क्लवका सदस्यहरुको बाक्लो उपस्थितीमा कार्यक्रम सम्पन्न भएको क्लवका सदस्य भक्तिराम न्यौपाने ले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय