बिहिबार , जेठ २१, २०८३

लाेक सेवा आयाेग तयारी कक्षा रामपुर नगरपालिकामा साेमबार देखि शुरु भएको छ । रामपुर नगरपालिकाकाे आयाेजनामा निशुल्क एक महिने लाेक सेवा आयाेग तयारी कक्षा शुरु भएकाे हाे ।

कक्षाकाे शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले राष्ट्रसेवक कर्मचारी भएर काम गर्न चहानेहरुका लागि सहज वातावरण सिर्जना गर्नका लागि  लाेक सेवा आयाेग तयारी कक्षा सञ्चालन गरिएको बताउनुभयाे । देशमै धेरै सम्भावना रहेकाे भन्दै नगर प्रमुख थापाले लगनशीलताका साथ अध्ययन गरेर लाेक सेवा परीक्षा मार्फत जनता र राष्ट्रकाे सेवामा लाग्न आग्रह गर्नुभयो । छिमेकी जिल्लाहरुकाे तुलनामा पाल्पाका राष्ट्रसेवक कर्मचारी कम रहेकाे भन्दै त्यसलाई वृद्धि गर्नका लागि लाेक सेवा आयाेगमा प्रवेश गर्नु पर्नेमा जाेड दिनुभयो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले उच्च मनाेबलका साथ अध्ययन गरे सफलता प्राप्त गरिने उल्लेख गर्नुभयो । साथै लगनशीलता र मेहेनतका साथ अध्ययन गर्न आग्रह गर्नुभएको छ। यस्तै रामपुर नगरपालिकाका प्रशासन अधिकृत एवं लाेक सेवा आयाेग तयारी कक्षाका संयाेजक युवराज पन्थीले कार्यक्रमकाे बारेमा प्रष्ट पार्दै लाेक सेवा आयाेगकाे तयारीका लागि ज्ञान सीप र तरिका सिकाइने बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितकाे अध्यक्षतामा भएकाे शुभारम्भ कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रमकाे सञ्चालन याेजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएकाे थियोे । लाेक सेवा आयाेग तयारी कक्षामा ५७ जनाकाे सहभागीता रहेकाे छ । कक्षा हरेक दिन साँझ ५.३० वजे देखि कृषि सेवा केन्द्रकाे सभाहलमा सञ्चालन हुने रामपुर नगरपालिकाका सूचना अधिकारी युवराज पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय