latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३
पाल्पा, चैत २१
आगन बहुउद्देश्यीय सहकारीले अपाङ्गता भएका व्यक्तिलाई राहत प्रदान गरेको छ । ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार खाद्यन्न सामग्री प्रदान गरेको हो ।
तानसेन नगरपालिका -७ काजीपौवास्थित सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरिएको हो । एक क्विन्टल चामल, १० किलो दाल, आलु १० किलो, तोरीको तेल ५ लिटर , चिनी ५ किलो, चियापत्ती आधा किलो प्रदान गरेको अध्यक्ष गोपालप्रसाद बश्यालले बताउनुभयो । सामाजिक दायित्व अन्तर्गत अपाङ्गता भएका व्यक्तिलाई खाद्य सामग्री दिइएको उनले बताए।
सामग्री प्रदान कार्यक्रम बोल्दै प्रमुख अतिथि तानसेन नगरपालिकाका निमित्त प्रमुख यादव सिंह कार्कीले अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न सहयोग गरेर यस सहकारीले प्रशंसनीय काम गरेको बताउनुभयो । स्थानीय सरकारले विगत दिनमा अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै आएको भन्दै उहाँले भन्नुभयो आगामी दिनमा आवश्यकताको आधारमा सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकी अधिकृत दुर्गा थापाले विपन्न र अपाङ्गता भएका व्यक्तिलाई उनीहरू बसेकै ठाउँमा आएर सहयोग गर्ने काम उदाहरणीय भएको बताउनुभयो । सहकारीले विपन्न, अशक्त नागरिकसँग सहकार्य गर्नुपर्ने दायित्व हो ।आगन बहुउद्देश्यीय सहकारीले आज मानवीय जीवन र  भावनालाई बुझेर खाद्यान्न सामग्री प्रदान गरेको भन्दै धन्यवाद दिनुभयो ।
बिहान साँझ छाक टार्न धौधौ भएका आफूहरूलाई यो सहयोगले ठूलो राहत मिलेको दृष्टिविहिन प्रेम रानाले बताउनुभयो । आजको कार्यक्रमले यस सहकारी र अपाङ्गता केन्द्रबीच सम्बन्ध र समन्वय गर्ने बाटो खुलेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सचिव श्रीप्रकाश ढुंगानाले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय