latest
तानसेन नगरपालिकाको आगामी आर्थिक वर्षकाे बजेट १ अर्व ४६ करोड  ||    अभिभावकविहीन बालबालिकाकाे नेतृत्व लिनेः बगनासकाली गाउँपालिकाकाे नीति तथा कार्यक्रम  ||    अस्पताल विकास समिति विघटनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश  ||    सुत्केरी विदामा सट्टा शिक्षक राख्नेः माथागढी गाउँपालिकाकाे नीति तथा कार्यक्रम  ||    रिमिघा लेकमा भेटिएको बहुमुल्य जडिबुटी “यार्सागुम्बा” लाई अब के गर्ने ?  ||    पाल्पा गल्धाकाे अदुवा जर्मनी निर्यात, ग्रामीण महिलाको फेरिदै दैनिकी  ||    मगर भाषाको अध्यापन सुरु गर्ने पूर्वखोलाको नीति तथा कार्यक्रम  ||    जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी   ||   
बुधबार , असार ११, २०८२
पाल्पा, रामपुर नगरपालिकाले सडकको दायाँवायाँ रहेका रुख , विरुवा र वुट्यान कटानी छटानी गरेको छ ।  रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको संयोजकत्वमा नगर भित्रका सडकको छेउछाउमा रहेका रुख विरुवा फडानी गर्ने अभियान शनिबार देखि सुरु गरेको हो । कटानी छटानी एवं सरसफाई कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाको वेझाँड बजार देखि किसानबारी सम्म र कालिगण्डकी करिडोर अन्तर्गत वडा नं. ५ को मटेरी देखि वडा नं. ८ को तुरुन्दी खोला पुल सम्मको सडकका दायाँवायाँ रहेका रुख ,विरुवा र वुट्यान फडानी गरेको छ ।
   सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सडकको दायाँवायाँ रहेका रुख विरुवा र बुट्यानहरु फडानी गर्ने कार्यक्रम गरिएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । सडक छेउछाउमा रहेका रुख विरुवाले सवारी आवागमन छेकिने र दुर्घटना हुन सक्ने भन्दै यो अभियान थालिएको नगर प्रमुख थापाले बताउनुभयो । साथै उहाँले नगरपालिका भित्रका सडकको दायाँवायाँ रहेका रुख विरुवा तथा वुट्यानका कारण सडक दुर्घटना निम्त्याउन सक्ने हुँदा सडकको दायाँवायाँ रहेका उक्त रुख विरुवा सम्बन्धित व्यक्तिले कटानी गर्न अनुरोध समेत गर्नुभएको छ ।
    अगाडीको बाटो नै छेकिने गरी सडकको दायाँवायाँ रहेका रुख र बुट्यान सेना , प्रहरी , कर्मचारी र सरोकारवालाहरुको सभागितामा फडानी गरिएको वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले जानकारी दिनुभयो । यस्तै वडा नं. ७ का अध्यक्ष दोवराज तिवारीले सडक सुरक्षा र चाडवर्पको समयमा हुने सवारी आवागमनलाई मध्यनजर गर्दै गरिएको कटानी छटानीले दुर्घटना न्यूनिकरणमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । ईलाका प्रहरी कार्यालय रामपुर , सुरक्षा वेस क्याम्प रामपुर , जनप्रतिनिधि , कर्मचारी र अन्य सरोकारवालाहरुको सहभागितामा फडानी तथा सरसफाई गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय