शुक्रबार , बैसाख १४, २०८१

पाल्पा, जेठ २७
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट प्रहरीले अवैध युरिया मल सहितको ट्रक नियन्त्रणमा लिएको छ । आज बिहान करिब ८ बजेको समयमा कालीगण्डकी करिडोर अन्तर्गत हँुगीमा नवलपरासीबाट रामपुर तर्फ मल लिएर आउँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
चेक जाँचको क्रममा हुँगी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको हो । ३ सय ७२ बोरा भारतिय रसायनिक युरिया मल फेला परेको छ । उक्त मल करिब ३ लाख मुल्य बराबरको भएको प्रहरीले जनाएको छ । अवैध मल, ट्रक र गाडि चालक प्रहरी नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय