Tuesday , September 22 2020

आर्थीक

पूर्व अर्थमन्त्री डा खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार

काठमाडौं- हालै अर्थ मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएका डा युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय सरकारले गरेको छ। डा खतिवडालाई मन्त्रीस्तरीय सुविधा उपलब्ध गराउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।   संसद् सदस्य नभएको अवस्थामा नै अर्थमन्त्री …

Read More »

माथागढीमा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण

पाल्पा, साउन २६ सामाजिक सुरक्षा भत्ता व्यवस्थित गर्न माथागढी गाउँपालिकाले बैंकिङ प्रणाली मार्फत भत्ता वितरण गरेको छ । पाल्पा जिल्लाको माथागढी गाउँपालिकाले भत्ताको पारदर्शीता र दुरुपयोग हुनबाट जोगाउन बैंकिङ प्रणाली मार्फत भत्ता वितरण गरेको हो । माथागढी गाउँपालिकाले चौमासिक रुपमा आठ ओटै वडाका जेष्ठ नागरिक अन्य ७० बर्ष पुगेकालाई १२ …

Read More »

पाल्पामा तितेपातीको तेल उत्पादन सुरु, एक लिटरको १० हजार रुपैँया

बिष्णु खनाल पाल्पा,साउन २३ जंगलमा यस्सै उम्रियर खेर गहिरहेको तितेपातीबाट पाल्पाको झुम्सामा तेल निकाल्न सुरु गरिएको छ । तिनाउ गाउँपालिका ३ झुम्सामा रहेको जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेडले तितेपातीको तेल उत्पादन गर्न सुरु गरेको होे । स्थानीयले खेर गइरहेको तितेपातीबाट दैनिक २ हजार ५ सय रुपैँयासम्म आम्दानी हुन …

Read More »

विनाेद चौधरीलाई महासंघमा नबोलाइएपछि चर्काचर्की, भवानी राणाले मागिन् माफी

काठमाडौं, साउन १५ नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा सार्ने कि निर्धारित मितिमै गर्ने भन्ने विषयमा आन्तरिक छलफल तीव्र बन्दै थियो अघिल्लो साता । साउनको २६ र २७ गतेका लागि तय गरिएको ५४ औँ साधारणसभा सार्नुपर्ने पक्षमा केही पदाधिकारीसहित पूर्वअध्यक्ष थिए भने केही निर्धारित मितिमै गर्नैपर्छ भन्ने पक्षमा उभिएका थिए । …

Read More »

सुनको मूल्य ९८ हजार २०० रुपैयाँ पुग्यो

काठमाडौं, साउन १३ नेपाली बजारमा छापावाला सुन मंगलबार प्रतितोला ७०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनसँगै तेजाबी सुनको मूल्य पनि प्रतितोला ७०० रुपैयाँले बढेको छ …

Read More »

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पूनः सर्‍यो

काठमाडौं, साउन ८ नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरि पछाडी धकेलिएकाे छ । महासंघका निवर्तमान अध्यक्ष पशुपती मुरारकाले रकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न नदिने भनेकाले साउन २६ र २७ गतेका लागि तोकिएको साधारण सभा पछि सार्नु परेको बताए । सरकारले कहिलेदेखि सभा, सम्मेलन गर्न पाइन्छ स्पष्ट नगरेकाले स्पष्ट …

Read More »

उद्योग वाणिज्य महासंघको निर्वाचन अन्योल

काठमाडौं, साउन ७ नेपाल उद्योग वाणिज्य महासंघको आसन्‍न ५४ औं वार्षिक साधारणसभा तोकिएको मितिमा हुने/नहुने अन्योल बढेको छ । महासंघले साधारणसभा गर्न स्वीकृति दिन उच्चस्तरीय समितिलाई पत्राचार गरेको थियो ।  उक्त पत्रबारे सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल पनि भयो । तर, बैठकले कुनै निर्णय नगरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले …

Read More »

माैद्रिक नीति २०७७/०७८ काे पूर्ण पाठ, हेर्नुहाेस्

काठमाण्डाै, साउन ३ नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसकाे कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए । सरकारले चालु आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । त्यही लक्ष्य पूरा गर्न नीतिमा केही विषय …

Read More »

ऋण तिर्ने अवधि २ वर्षसम्म थप

काठमाडौं, साउन २ राष्ट्र बैङ्कले कोरोना प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले प्रभावित क्षेत्रलाई ६ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने म्याद थपिएको जानकारी दिए । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारी …

Read More »

साना व्यवसायीले कर विवरण बैंकमार्फत बुझाउन सक्ने

काठमाडौं, साउन २ साना व्यवसायीलाई आय विवरण र कर तिर्न सहजीकरण गर्ने उद्देश्यले सरकारले बिहीबारदेखि बैंकमार्फत कर र आय विवरण एकैसाथ बुझाउन सकिने प्रणालीको शुभारम्भ गरेको छ । साना करदाताले कर र आय विवरण बुझाउन राजश्वभन्दा बढी रकम र समय खर्च गर्नुपरेको अवस्थालाई अन्त्य गर्न सरकारले उक्त व्यवस्था गरेको हो …

Read More »
error: Content is protected !!