पाल्पा,  चैत २१

तानसेन र रामपुरमा ‘सहकारीको दिगोपन : स्वनियमन र सुशासन’ नारासहित ६६ औँ सहकारी दिवस मनाइएको छ । तानसेनमा तानसेन नगरपालिका, जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको कार्यक्रममा सचेतनामूलक र्याली निकालिएको हो ।

र्याली पछि अायाेजित कार्यक्रममा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले सहकारीले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनी भन्छन्, निम्न आयका भएका व्यक्तिहरुको जीवनस्तरमा उकास्न सहकारीको विकास र विस्तारमा तीनै तहका सरकारको चासो हुनुपर्छ । सांसद गैरेले भने, ‘सहकारीप्रति गाउँ टोलमा विश्वास र भरोसा बढेको छ ।’

राष्ट्रिय सहकारी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारीको मर्म र भावना अनुसार नचल्ने सहकारीहरुमा केही समस्या देखिए पनि सबै सहकारीमा त्यस्तो नरहेको बताए । उनले भने‘ सहकारीमा कुनै पनि समस्या छैन्, बरु समस्यामा परेकाहरुको लागि सहकारी सहयोगी बन्दै आएका छन् ।’ सहकारीलाई प्रविधिमैत्री बनाएर लैजानुपर्नेमा उनले जोड दिए । उपाध्यक्ष पोखरेलले नीति विधि र प्रविधिमैत्री बनेर काम गर्न सहकारी संस्थाहरुलाई आग्रह गरे ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले सहकारी मार्फत् किसान, श्रमीक वर्गहरूकाे प्रगतिका लागि मार्ग प्रशस्त गरेकाे बताए । जिल्ला सहकारी संघका अध्यक्ष भूपति पाण्डे, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगदीश भट्टराई, तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सीना, सहकारी अभियान्ता महेश्वर पन्त लगायतले राष्ट्रको समृद्धिका लागि सहकारी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको स्वागत, नगरपालिकाका सहकारी विभाग प्रमुख दुुर्गा थापाको सञ्चालनमा कार्यक्रम भएको थियो । सोही अवसरमा महत्वपूर्ण योगदान पुर्‍याउने सहकारीलाई कदरपत्रले सम्मान समेत गरिएको थियो ।

६६ औ राष्ट्रिय सहकारी दिवस पाल्पाको रामपुरमा मनाइएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोगमा रामपुरभित्र रहेका २३ वटा सहकारीले सामुहिक रुपमा सहकारी दिवस मनाएका छन् । अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहेका थिए । नगर प्रमुख थापाले सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताउनुहुदै नगरपालिकाले सहकारीको हकहितमा सहयोग गर्ने बताए । बजार क्षेत्रका केही सहकारीको गतिबिधिले सहकारीमाथी प्रश्न उठाएपछि ग्रामीण क्षेत्रमा संचालन भएका सहकारीले महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख थापाले बताए ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले सहकारीहरुले नाम अनुसारको काम गर्नुपर्ने, वचत र ऋणको मात्रै कारोबार मात्रै नभई सेयर सदस्यको हितमा काम गर्नुपर्ने बताए । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सहकारीले गुणस्तरीय काम गर्नुपर्ने बताउनुहुदै सेयर सदस्यको रकमको सुरक्षा गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, नेकपा माओवादी केन्द्रका कमलराज भट्टराई, नेकपा समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चाका नगर सचिव रामप्रसाद गैरे, जिल्ला सहकारी संघका सदस्यहरु कृष्णकुमार अर्याल, ईश्वरी खनाल, सुर्याेदय कृषि सहकारी संस्थाका अध्यक्ष बुद्धिराज गौतम, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल लगायतले बोल्नुहुदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम सुरु हुनुअघि रामपुर बेझाड नहर अफिसबाट सहकारी सम्बन्धी लेखिएका प्लेकार्ड सहित कार्यक्रमस्थल होटल न्यु श्रीनगरसम्म विभिन्न सहकारीको ¥याली निकालिएको कार्यक्रमको सहजिकरण नेपाल वचत तथा ऋण सहकारी संघ केन्द्रिय कार्यालय (नेफ्स्कुन) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय