latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

स्थानीयको सहयोगमा सरसफाई र संरक्षणमा सक्रिय
देब पचभैया
पाल्पा, चैत्र २१
नेपाली सैनिक ब्याटल स्कुल सालझण्डीमा तालिमरत युवक अधिकृत तालिमका ८४ सहित १०५ जनाको समुहले पाल्पाको ऐतिहाशिक बल्ढेङ्गढीको अध्ययन भ्रमण गरेका छन् ।

सैनिक ब्याटल स्कुलका शिक्षा अधिकृत व्रिगेडियर जनरल पदम बुढाको नेतृत्वमा रैनादेबी छहरा गाउँपालिकामा रहेको बल्ढेङ्गढीको शिक्षार्थीहरुले अध्ययनभ्रमण गरेका हुन् । गढीको अध्ययन भ्रमण संगै स्थानीयको सहकार्यमा उनीहरुले रानी कुवा लगाएतका क्षेत्रमा सरसफाईमा समेत गरेका छन् । बल्ढेङ्गढीबाट तराई, चुरे र महाभारत रेन्जको छोटो दुरीमा हिडेर अवलोकन गर्न सकिने भएकाले पनि सैनिक दृष्टिकोणले अध्ययनको लागी सो गढी निकै महत्वपूर्ण रहेको जनाइएको छ ।

सदरमुकाम तानसेनदेखि झण्डै ५० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण ‘बलिहाङगढी दरबार क्षेत्र’ प्रचार प्रसारको अभावमा ओझेलमा छ । घना जङ्गलको अग्लो चुचुरोमा दरबारको भग्नावशेष, इनार, युद्ध मोर्चा, रानीवन, रानीकुवा, राजाले प्रयोग गरेको शौचालय र मन्दिर रहेका छन् । केही वर्ष अघि देखि त्यस क्षेत्रमा स्थानीयले देवताको मन्दिर बनाई पूजाआजा समेत गर्दे आएका छन् । विक्रम सम्वत १४५० देखि १८०९ सम्म मगरातको राजधानीको रुपमा रहेको हालको बल्ढेङगढी क्षेत्रमा अहिले बलिहाङ राजाको राजदरबारको अवशेष मात्रै देख्न पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय