latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

स्थानीयको सहयोगमा सरसफाई र संरक्षणमा सक्रिय
देब पचभैया
पाल्पा, चैत्र २१
नेपाली सैनिक ब्याटल स्कुल सालझण्डीमा तालिमरत युवक अधिकृत तालिमका ८४ सहित १०५ जनाको समुहले पाल्पाको ऐतिहाशिक बल्ढेङ्गढीको अध्ययन भ्रमण गरेका छन् ।

सैनिक ब्याटल स्कुलका शिक्षा अधिकृत व्रिगेडियर जनरल पदम बुढाको नेतृत्वमा रैनादेबी छहरा गाउँपालिकामा रहेको बल्ढेङ्गढीको शिक्षार्थीहरुले अध्ययनभ्रमण गरेका हुन् । गढीको अध्ययन भ्रमण संगै स्थानीयको सहकार्यमा उनीहरुले रानी कुवा लगाएतका क्षेत्रमा सरसफाईमा समेत गरेका छन् । बल्ढेङ्गढीबाट तराई, चुरे र महाभारत रेन्जको छोटो दुरीमा हिडेर अवलोकन गर्न सकिने भएकाले पनि सैनिक दृष्टिकोणले अध्ययनको लागी सो गढी निकै महत्वपूर्ण रहेको जनाइएको छ ।

सदरमुकाम तानसेनदेखि झण्डै ५० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण ‘बलिहाङगढी दरबार क्षेत्र’ प्रचार प्रसारको अभावमा ओझेलमा छ । घना जङ्गलको अग्लो चुचुरोमा दरबारको भग्नावशेष, इनार, युद्ध मोर्चा, रानीवन, रानीकुवा, राजाले प्रयोग गरेको शौचालय र मन्दिर रहेका छन् । केही वर्ष अघि देखि त्यस क्षेत्रमा स्थानीयले देवताको मन्दिर बनाई पूजाआजा समेत गर्दे आएका छन् । विक्रम सम्वत १४५० देखि १८०९ सम्म मगरातको राजधानीको रुपमा रहेको हालको बल्ढेङगढी क्षेत्रमा अहिले बलिहाङ राजाको राजदरबारको अवशेष मात्रै देख्न पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय