latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), ५ चैत

धार्मिक तथा पर्यटकिय क्षेत्र कालीगण्डकीको तटमा रहेको केलादीधाममा ज्येष्ठ नागरिकले धार्मिक अवलोकन भ्रमण गर्नुभएको छ । तानसेन नगरपालिका वडा नं ९ को ६८ वर्ष माथिका ११० जना ज्येष्ठ नागरिकलाई केलादी, रामपुरको गौशाला, तालपोखरा, दुर्गामन्दिर लगायतका क्षेत्रको अवलोकन भ्रमण कार्यक्रम आयोजना गरेको तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभएको छ । केलादीमा थप संरचना विस्तार गरी यो क्षेत्र नेपालकै महत्वपूर्ण धार्मिक पर्यटन क्षेत्र बन्ने वडाध्यक्ष अर्याल बताउनुहुन्छ ।
चापाकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष तारा पोखरेलले केलादीधाम क्षेत्रलाई छनौट गरी अवलोकन भ्रमण गर्न आएकोमा टोलीलाई धन्यवाद दिनुभएको छ । राधा दामोदर नेपाल निम्वार्क पिठका सचिव घनश्याम खनालले केलादीको ऐतिहासिक तथा वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हो । मन्दिरका महन्त गोपाल शरण उपाध्यायले अवलोकन भ्रमण टोलीलाई आशिर्वाद दिदै भ्रमण गर्न आएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ । रामपुर नगर गौशालाका अध्यक्ष हुमनाथ न्यौपानेले रामपुर क्षेत्रमा छाडा छाडिएका र उत्पादन दिन छाडेपछि हेयका रुपमा हेरिने गाईलाई संरक्षण गर्दै गौशाला निर्माण गरिएको जानकारी गराउनु भएको छ । गौशालामा १५४ वटा गाई व्यवस्थापन गरेर राखिएको छ । रामपुर नगरपालिका वडा नं ६ स्थित कालीगण्डकी नदी तट तातोपानीधाममा गौशाला निर्माण गरी संचालनमा ल्याइएको छ । रामपुर ६ मा रहेको दुर्गामन्दिरमा भ्रमण टोलीलाई स्वागत गरिएको छ । मन्दिरका संरक्षक दुर्गादेवी पोखरेलले मन्दिरको वस्तुस्थितीबारे जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय