latest
अभिभावकविहीन बालबालिकाकाे नेतृत्व लिनेः बगनासकाली गाउँपालिकाकाे नीति तथा कार्यक्रम  ||    अस्पताल विकास समिति विघटनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश  ||    सुत्केरी विदामा सट्टा शिक्षक राख्नेः माथागढी गाउँपालिकाकाे नीति तथा कार्यक्रम  ||    रिमिघा लेकमा भेटिएको बहुमुल्य जडिबुटी “यार्सागुम्बा” लाई अब के गर्ने ?  ||    पाल्पा गल्धाकाे अदुवा जर्मनी निर्यात, ग्रामीण महिलाको फेरिदै दैनिकी  ||    मगर भाषाको अध्यापन सुरु गर्ने पूर्वखोलाको नीति तथा कार्यक्रम  ||    जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी   ||    रामपुरमा तीन भन्दा बढी सन्तान जन्माउनेलाइ प्राेत्साहनः नीति तथा कार्यक्रम  ||   
बुधबार , असार ११, २०८२

नेपाल विद्यालय कर्मचारी परिषद् पाल्पाले विभिन्न माग राखी ध्यानाकर्षणपत्र बुझाएको छ । सरकारी तथा सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारीहरुको साझा संगठन नेपाल विद्यालय कर्मचारी परिषद्ले तत्कालै समाधानको माग राखी शिक्षा विकास तथा समन्वय इकाई पाल्पालाई ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय कर्मचारी लेखापालहरुका लागि मासिक रु ३६ हजार ७३०, विद्यालय कर्मचारी कार्यालय सहयोगीहरुका लागि २६ हजार ९०२ रुपियाँ मासिक तलब उपलब्ध गराउनुपर्ने माग राखेको छ ।

यस्तै सम्पूर्ण सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी दरबन्दी स्थापनाका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत नेपाल सरकार समक्ष माग गरिदिन आग्रह गरेको छ । साथै ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरुका लागि अवकास हुन बाध्य पारिएका विद्यालयहरुको कार्यलाई संघीय शिक्षा ऐन जारी नहुँदा सम्म रोक लगाई समाधानका लागि पहल गर्न माग राख्दै विद्यालय कर्मचारीहरुलाई एकमुष्ट अनुदान उपलब्ध गराइदिने व्यवस्था मिलाइदिन ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

 

नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समितिका अध्यक्ष श्रीधरप्रसाद पाण्डे, सचिव युवराज पौडेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र, शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका कार्यालय प्रमुख महेन्द्र सुवेदीलाई हस्तान्तरण गरिएको हो । ध्यानाकर्षण पत्र ग्रहण गर्दै इकाई प्रमुख सुवेदीले मागहरु जायज रहेको बताउँदै सम्बन्धित स्थानमा जानकारी गराउने बताउनुभयो ।

आफ्ना मागहरु सम्बोधन नभए अर्को चरणका थप आन्दोलनका कार्यक्रमहरु गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्का जिल्ला अध्यक्ष श्रीधरप्रसाद पाण्डेले बताउनुभयो । यस जिल्लामा सामुदायिक तथा सरकारी विद्यालयमा ११७ जना लेखापाल तथा ४४४ जना कार्यालय सहयोगी रहेका छन । देशभर ३६ हजार भन्दा बढी यस परिषद्मा संगठित रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय