latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), चैत ४
पाल्पाको रामपुर नगरपालिकामा चलेको साङ्गीतिक व्यायाम सम्बन्धी तीन दिने तालिम सकिएको छ । नगरभित्रका सामुदायिक विद्यालयका शिक्षक एवम् विद्यार्थीहरुका लागी रामतुलसी नमुना माध्यमिक विद्यालयमा तालिम सञ्चालन गरिएको हो । सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पाको आयोजनामा भएको तालिममा रामपुर नगरपालिकाभित्र रहेका मावि (९–१०) र आधारभुत तह (१/८) का २२ विद्यालयलाई लक्षित गरेर तालिम दिइएको छ ।
तीन दिनसम्म चलेको तालिमको सहजिकरण लुम्बिनी प्रदेश खेलकुद विकास परिषद् सदस्य हरिस ओलीले गर्नुभएको हो । रामतुलसी नमुना माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको तालिम समापनका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा रहनुभएको हो । शैक्षिक क्षेत्रमा यस तालिमले ठूलो सघाउ पुग्ने हुदा नगर उपप्रमुख थापाले यस्तै तालिम आवश्यक परेमा नगर सरकारले साथ सहयोग गर्ने बताउनुहुदै शैक्षिक कार्यक्रममा नगरपालिकाले प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ ।
रामपुर नगरपालिका शिक्षा अधिकृत विकल काफ्लेले तालिममा सिकेका सिपलाई सहभागी शिक्षकले आफु कार्यरत विद्यालयमा विद्यार्थीमाझ सीप सिकाउनुपर्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा पाल्पाको रामपुरमा पहिलो पटक सांगीतिक व्यायाम तालिम सुरु गरिएको छ । सामाजिक डिभिजन कार्यालय पाल्पाका लेखा प्रमुख जनार्दन लोधले पढेर मात्रै सबै ज्ञान सीप पुर्ण नहुने हुदा विभिन्न क्रियाकलाप गरेर ज्ञान आर्जन गर्न सकिने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रामपुरमा मात्रै यो तालिम आयोजना गरिएको जानकारी दिनुहुदै यसै कार्यालय मार्फत गुल्मीको रेसुङ्गा नगरपालिकामा आयोजना गर्ने कार्यक्रम रहेको बताउनुभएको छ ।
कार्यक्रममा तालिमका सहजकर्ता लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य हरिस ओलीले प्रदेश सरकारले हरेक जिल्लामा दुई/दुई लाख वजेट विनियोजन गरेको जानकारी दिनुहुदै व्यायाम अति महत्वपूर्ण रहेकाले हरेक विद्यालयमा यस्ता कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको छ । तालिममा सहभागी दरैठाँटी माविका शिक्षक मानबहादुर कँुवरले सामुदायिक विद्यालयको नतिजा सुधार्नका लागि पढाई मात्रै नभई साङ्गीतिक व्यायाम अति आवश्यक रहेकाले यस्तै खालका तालिमबाट नयाँ कुरा विद्यार्थीमाझ सिकाउन सकिने अनुभव बताउनुभएको छ । सीताराम माविका शिक्षक सरस्वती श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई रामतुलसी माविका शिक्षक रामभक्त पराजुलीले धन्यवाद र संचालन नवदुर्गा माविका शिक्षक दिपेन्द्र भट्टराईले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय