latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), चैत ४
पाल्पाको रामपुर नगरपालिकामा चलेको साङ्गीतिक व्यायाम सम्बन्धी तीन दिने तालिम सकिएको छ । नगरभित्रका सामुदायिक विद्यालयका शिक्षक एवम् विद्यार्थीहरुका लागी रामतुलसी नमुना माध्यमिक विद्यालयमा तालिम सञ्चालन गरिएको हो । सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पाको आयोजनामा भएको तालिममा रामपुर नगरपालिकाभित्र रहेका मावि (९–१०) र आधारभुत तह (१/८) का २२ विद्यालयलाई लक्षित गरेर तालिम दिइएको छ ।
तीन दिनसम्म चलेको तालिमको सहजिकरण लुम्बिनी प्रदेश खेलकुद विकास परिषद् सदस्य हरिस ओलीले गर्नुभएको हो । रामतुलसी नमुना माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको तालिम समापनका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा रहनुभएको हो । शैक्षिक क्षेत्रमा यस तालिमले ठूलो सघाउ पुग्ने हुदा नगर उपप्रमुख थापाले यस्तै तालिम आवश्यक परेमा नगर सरकारले साथ सहयोग गर्ने बताउनुहुदै शैक्षिक कार्यक्रममा नगरपालिकाले प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ ।
रामपुर नगरपालिका शिक्षा अधिकृत विकल काफ्लेले तालिममा सिकेका सिपलाई सहभागी शिक्षकले आफु कार्यरत विद्यालयमा विद्यार्थीमाझ सीप सिकाउनुपर्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा पाल्पाको रामपुरमा पहिलो पटक सांगीतिक व्यायाम तालिम सुरु गरिएको छ । सामाजिक डिभिजन कार्यालय पाल्पाका लेखा प्रमुख जनार्दन लोधले पढेर मात्रै सबै ज्ञान सीप पुर्ण नहुने हुदा विभिन्न क्रियाकलाप गरेर ज्ञान आर्जन गर्न सकिने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रामपुरमा मात्रै यो तालिम आयोजना गरिएको जानकारी दिनुहुदै यसै कार्यालय मार्फत गुल्मीको रेसुङ्गा नगरपालिकामा आयोजना गर्ने कार्यक्रम रहेको बताउनुभएको छ ।
कार्यक्रममा तालिमका सहजकर्ता लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य हरिस ओलीले प्रदेश सरकारले हरेक जिल्लामा दुई/दुई लाख वजेट विनियोजन गरेको जानकारी दिनुहुदै व्यायाम अति महत्वपूर्ण रहेकाले हरेक विद्यालयमा यस्ता कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको छ । तालिममा सहभागी दरैठाँटी माविका शिक्षक मानबहादुर कँुवरले सामुदायिक विद्यालयको नतिजा सुधार्नका लागि पढाई मात्रै नभई साङ्गीतिक व्यायाम अति आवश्यक रहेकाले यस्तै खालका तालिमबाट नयाँ कुरा विद्यार्थीमाझ सिकाउन सकिने अनुभव बताउनुभएको छ । सीताराम माविका शिक्षक सरस्वती श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई रामतुलसी माविका शिक्षक रामभक्त पराजुलीले धन्यवाद र संचालन नवदुर्गा माविका शिक्षक दिपेन्द्र भट्टराईले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय