latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

तानसेनकाे  मेहलधारामा अत्याधुनिक स्वास्थ्य सेवा सहित “सरल फार्मेसी” सुरू भएकाे छ । स्वास्थ्य सेवालाइ झण्झटमुक्त, सहज, छिटो र प्रभावकारी बनाउने उद्देश्यका फार्मेसी सुरू गरिएकाे बताइएकाे छ ।

फार्मेसीले औषधि बिक्रीसँगै विशेषज्ञ डाक्टरमार्फत प्रत्यक्ष उपचार सेवा पनि उपलब्ध गराउने सञ्चालक सञ्चालक अमृत महर्जनले बताए  । तानसेन नगर क्षेत्रमा पहिलो पटक विशेषज्ञ चिकित्सकको उपस्थितिमा फार्मेसीबाट नै विभिन्न रोगको उपचार सेवा प्रदान गरिनु यहाँका स्थानीयका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । यस सेवाले बिरामीलाई सानो समस्या लिएर टाढा–टाढा अस्पताल धाउनुपर्ने अवस्थालाई केही हदसम्म कम गर्ने विश्वास गरिएको छ । स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ फार्मेसी सञ्चालनमा ल्याइएको सञ्चालकले बताएका छन् ।

सरल फार्मेसीमा विभिन्न क्षेत्रका अनुभवी तथा विशेषज्ञ चिकित्सकहरूबाट नियमित स्वास्थ्य परामर्श तथा उपचार सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ । लुम्बिनी मेडिकल कलेजमा कार्यरतबालरोग विशेषज्ञ डा. सैरभ श्रेष्ठ, पाल्पा अस्पतालमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डा. सुवास पौडेल, र महिला तथा स्त्रीरोग विशेषज्ञ डा. आरती श्रेष्ठले महिलासम्बन्धी स्वास्थ्य समस्या तथा स्त्रीरोगको उपचार सेवा दिनेछन् । 

यसैगरी जिल्ला अस्पतालमा कार्यरत डा. पुजन बज्राचार्यले पनि फार्मेसीमार्फत स्वास्थ्य सेवा दिने व्यवस्था गरिएको छ । इन्टरनल मेडिसिन विशेषज्ञ डा. सौरभ बज्राचार्यले विभिन्न दीर्घरोग तथा आन्तरिक रोगसम्बन्धी उपचार सेवा उपलब्ध गराउनेछन् । साथै जनरल सर्जन तथा युरोलोजी सम्बन्धी परामर्श सेवा पनि यहाँबाट उपलब्ध हुने बताइएको छ । यहाँ पाल्पा जिल्लामै पहिलो पटक फार्मेसीबाट युरोलोजी सेवा सुरु गरिएको  छ । मस्तिष्क, स्नायु तथा नसासम्बन्धी समस्याबाट पीडित बिरामीका लागि यो सेवा उपयोगी हुने अपेक्षा गरिएकाे छ । 

स्वास्थ्य सेवा विस्तार गर्दै स्थानीय नागरिकलाई सहज र भरपर्दो उपचार उपलब्ध गराउने उद्देश्यले सरल फार्मेसी स्थापना गरिएको सञ्चालक महर्जनले बताए । अत्याधुनिक उपकरण, गुणस्तरीय औषधि र विशेषज्ञ चिकित्सकको परामर्श एकै स्थानबाट उपलब्ध हुने भएकाले बिरामीले छिटो र प्रभावकारी उपचार पाउने विश्वास गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय