latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, फागुन ११

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २, पाल्पाका उम्मेदवार ठाकुर प्रसाद गैरेले सुशासनलाई प्राथमिकतामा राख्दै प्रतिबद्धता सार्वजनिक गरेका छन् । पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकता दिँदै जनताको प्रत्यक्ष सहभागितामा विकास योजना कार्यान्वयन गरिने उमेदवार गैरेले बताए।

“जनताको विश्वास नै मेरो शक्ति हो, पाल्पाको समग्र विकासका लागि म पूर्ण रूपमा प्रतिबद्ध छु,” आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गैरेले भने ।

रिब्दीकोटमा आयोजित कार्यक्रममा गैरेले समृद्ध पाल्पा, आत्मनिर्भर पाल्पालीलाई केन्द्रमा राख्दै आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरे । उनल रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए ।

गैरेले जिल्लाभित्र सडक सञ्जाल विस्तार, स्तरोन्नति र नियमित मर्मतलाई तीव्रता दिने, खानेपानी तथा सिँचाइ व्यवस्थाको सुधारमार्फत कृषि उत्पादन वृद्धि गर्ने, आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने तथा किसानलाई बजारसँग जोड्ने योजना अघि सारेको गरे । साथै शिक्षा र स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तर सुधार गरी दुर्गम क्षेत्रसम्म सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे।

युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्न विशेष कार्यक्रम ल्याइने बताउँदै सीप विकास तालिम, सहुलियत कर्जा र स्टार्टअप प्रवर्द्धनमार्फत वैदेशिक रोजगारीको विकल्प निर्माण गरिने धारणा राखे ।

उम्मेदवार गैरेले पाल्पाको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटन विस्तार गर्ने लक्ष्य राखिएको स्पष्ट पारेका थिए । तानसेन दरबार क्षेत्र, रानीमहललगायत प्रमुख पर्यटकीय गन्तव्यको स्तरोन्नति, प्रचार–प्रसार र पूर्वाधार विकासमार्फत पर्यटनबाट आम्दानी वृद्धि गर्ने योजना उहाँले सार्वजनिक गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय