latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा, बालमैत्री स्थानीय शासन घोषणाका लागि रामपुर नगरपालिकाले तिव्रताका साथ काम गरिरहेको छ । यही आउँदो २०८३ साल मंसिर ५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । घोषणाका लागि आवश्यक सुचक पुरा गर्नका लागि तिव्रताका साथ कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

जस अन्तर्गत नगरपालिका भित्रका सबै वडामा बाल क्लव/बाल सञ्जाल गठन तथा दर्ता गर्ने काम सकिएको छ ।नगरपालिकाले १० वटै वडाका विभिन्न टोलमा १ सय १२ वटा बाल क्लव ,वडा र नगर स्तरीय बाल सञ्जाल गठन गरेको छ । साथै बालबालिकाको क्षमता विकासका लागि अभिमुखिकरण समेत प्रदान गरेको छ । सोमबार रामपुर नगरपालिका वडा नं.10 मा बाल क्लव दर्ता तथा क्षमता विकास सम्बन्धी अभिमुखिकरण सम्पन्न भए संगै नगरका सबै वडामा बाल क्लव गठन दर्ता र अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । वडा नं.१० मा १६ वटा बाल क्लवलाई दर्ता प्रमाण पत्र वितरण गरिएको छ । वडा कार्यालय भवनमा प्रमाण पत्र वितरण गर्दै वडा नं.१० का अध्यक्ष तोयानाथ सारुले वडा संगै समग्र रामपुर नगरपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको घोषणा गर्नका लागि बालबालिकाको प्रमुख भुमिका हुने बताउनुभयो । साथै बालबालिकाको हक अधिकार कहीँ कतै हनन भएमा वा शोषणमा परेमा बाल क्लवमा आवद्ध बालबालिकाले तत्काल सुचना गरी रोक्नु पर्ने बताउनुभयो ।

गाउँटोलमा बाल विवाह,बाल हिंसा, बाल श्रम शोषण, विद्यालय शिक्षाबाट बञ्चित भएमा वडामा खबर गर्न आग्रह गर्नुभयो । वडा अध्यक्ष सारुले बालबालिकाको सुरक्षा र अधिकारको सुनिश्चितताका लागि वडा संधै प्रतिबद्ध रहेको बताउनुभयो । वडा नं.१० का सदस्य सुमित्रा बर्मेलीले बालबालिकाको सुरक्षित भविष्यका लागि वडा संधै साथमा रहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका बाल कल्याण अधिकारी पुजा परियारले बाल क्लवको दर्ता प्रक्रिया, विधान निर्माण, काम कर्तव्य र अधिकार लगाएतका विषयमा जानकारी गराईएको थियो ।कार्यक्रममा वडा बाल सञ्जालका अध्यक्ष अनुप ओस्तीले बाल अधिकारको रक्षाका गरी बालमैत्री स्थानीय शासन घोषणाका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

रामपुर नगरपालिका वडा नं.१० का अध्यक्ष तोयानाथ सारु थापाको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य सुमित्रा बर्मेलीको स्वागत र महिला बालबालिका तथा जेष्ठ  नागरिक शाखा प्रमुख एवं बाल कल्याण अधिकारी पुजा परियारको सञ्चालनमा भएको हो ।कार्यक्रममा १६ वटा बाल क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय