latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा एक दिने भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको आयोजना तथा रैनादेवी छहरा गाउँपालिकाको  सहजीकरणमा स्थानीय तह स्तरीय अन्तरक्रिया गरिएको हो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका अधिकृत मणीराम पौडेलले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि प्रशिक्षण दिदै  भ्रष्टाचार नियन्त्रणका विभिन्न विधिहरु, अख्तियारको कार्यशैली र भ्रष्टाचार विरुद्धको कानुनी प्रक्रिया स्पष्ट पार्दे उनले भ्रष्टाचारको प्रवृत्ति, भ्रम र वास्तविकतालाई पनि विस्तृत रुपमा व्याख्या गरेका थिय ।उनले कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै, अख्तियार भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्ध रहेको समेत बताएका थिए।

अन्तरक्रियामा जनप्रतिनिधिहरु, विभिन्न सरकारी विभागका प्रमुखहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वन उपभोक्ता समिति, तथा सञ्चारकर्मीहरुले आफ्नो जिज्ञासा राखेका थिए भने अख्तियारलाई विभिन्न सुभाव पनि दिएका थिए। कार्यक्रममा बोल्दै रैनादेवी छहराका अध्यक्ष रुक्मागंत भटराईले  सुशासन प्रवर्द्धनका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरु महत्वपूर्ण रहेको बताउदै सार्वजनिक पदधारण गरेका व्यक्तिहरु उत्तरदायी भई, नैतिक दायित्व बोध गर्दै, पारदर्शिता र विधिको परिधिमा रही कार्य गर्नुपर्ने भन्दै भ्रष्टाचारले राष्ट्रको स्रोत र लगानीको दुरुपयोग हुने भन्दै यसलाई रोक्न सबै नागरिक, समाजका हरेक तह र तप्काबाट सहयोग आवश्यक रहेको बताए।

 

कार्यक्रममा रैनादेवी छहराका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले पनि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको लागि कार्यक्रम महत्वपूर्ण रहेको विचार व्यक्त गरे। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष युवराज थापा सबै वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू वडा सचिवहरू, माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरू, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरू, खानेपानी तथा सरसफाई उपभोक्ता समूहका पदाधिकारीहरू, सहकारी संस्थाका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय