latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वरमा आइतबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जंगलमा लागेको डढेलो निभाउन गएको जीप वनमा लागेको डढेलो निभाउन जाने क्रममा भएको दुर्घटनामा परी स्थानीय ३६ वर्षीय दीपेन्द्र बुढामगर, ३१ वर्षीय चेतनारायण विक (सुनार) र २३ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको छ ।

बुढामगर र सुनारको घटनास्थलमै मृत्यु भएको हो भने रेग्मीको उपचारका लागि पाल्पा सदरमुकाम तानसेन लैजाँदै गर्दा मृत्यु भएको वडाध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिएका छन् । लु १ ज २३७७ नम्बरको जीपमा सवार २७ वर्षीय रञ्जन रेश्मी मगर र २३ वर्षीय सोनु (सरोज) बुढा घाइते भएका छन् ।

घाइतेमध्ये मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त जीप सडकदेखि झण्डै १ सय ५० मिटर तल खसे्को स्थानीयले जानकारी दिएका छन् ।

उकालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनास्थलको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय