
नेकपा (माओवादी केन्द्र) रैनादेवी छहरा गाउँ समितिकाे अध्यक्षमा पदम साेमै निर्वाचित भएका छन् । तेस्रो अधिवेशनले सोमैको अध्यक्षतामा ४१ सदस्यीय गाउँ समिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा कबिता खनाल, शिभ न्यौपाने र वीर बाहादुर पोखरेल चयन भएका छन् । सचिवमा प्रदिप पौडेल, सहसचिव कमला थापा र कोषाध्यक्ष विष्णु बस्याल चयन भएका छन् ।
नेकपा (माओवादी केन्द्र) रैनादेवी छहरा गाउँ समितिका इन्चार्ज तुलाराम गरम्जाले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष पदम सोमैले पार्टीलाई अझ बलियो बनाउँदै जनताको सेवा गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।



अधिवेशनकै अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौँ कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनीहरू एमाले, कांग्रेससहित अन्य दलहरू परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको जनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन रहेका थिए । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।