latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, कार्तिक १०

नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले युवा श्रम, राेजगार र उत्पादनसँग जाेडिनुपर्ने समय अाएकाे बताएका छन् । शनिबार पाल्पाकाे तानसेनमा नेपाल तरूण दलकाे ७२ अाैं स्थापना दिवसकाे अवसरमा युवा अवस्थाकाे समयलाइ सदुपयाेग गर्नुपर्ने समय अाएकाे बताएका हुन् ।

युवाहरूले उर्जा, उमंग र जाेशका साथ काम गर्ने समयमा युवाहरू अनेक बाहानामा समय खेर फालिरहेकाे बताउँदै सभापति श्रेष्ठले युवाहरूले इतिहासमा नाम राख्न सक्ने हुनुपर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले युवाहरू भनेकाे समाजकाे एेना भएकाे हुँदा साेही अनुसारका समाजका राम्रा कार्यहरूकाे अनुशरण गर्दै नकारात्मक गतिविधिलाइ हटाउँदै अगाडी बढ्नुपर्ने बताए ।

कांग्रेसका पूर्व सभापति राजन प्रसाद पन्तले युवाहरूकाेमात्र भन्दा पनि नयाँ चिन्तन र नयाँ साेँच भएका युवाहरूकाे देशलाइ खाँचाे रहेकाे बताए । यस्तै कांग्रेस पाल्पाका अार्थिक सल्लाहकार एवं तानसेन नगरपालिका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले युवाहरूले देशलाइ अाँट र साहस दिने समय अाएकाे बताएका थिए ।

नेपाल तरूण दल पाल्पाका अध्यक्ष मेजरसिंह केसीले तरूण युवाहरूले नयाँ कृषिकाे याेजना सहित अगाडी बढ्ने बताएका थिए । केसीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सचिव गाेपाल गैरेकाे सञ्चालन तथा उपाध्यक्ष सुनिल बिसिले धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय