पाल्पा, असार २०

एसइइ नतिजा बिग्रिएकाे भन्दै सत्यवती माध्यमिक विद्यालय, पाल्पाका प्रधानाध्यापक अर्जुन मरासिनीले पदबाट राजीनामा गरेका छन् । रैनादेवी छहरा गाउँपालिका ८, पाल्पाका प्रअ मरासिनीले अाफ्नाे नेतृत्वमा रहेकाे विद्यालयकाे नतिजा बिग्रिएकाे भन्दै पद त्याग गरेकाे घाेषणा गरेका हुन् ।

सत्यवती माध्यमिक विद्यालय, रैनादेवी छहरा ८, पाल्पाबाट ५५ जना विद्यार्थीहरू एसइइ परीक्षा दिएकाेमा जम्मा ३ जना विद्यार्थीमात्र उत्तीर्ण भएका थिए । ५२ जना विद्यार्थीहरू अर्थात् ९४ दशमलव ५६ प्रतिशत विद्यार्थीमात्र अनुत्तीर्ण भएकाे भन्दै राजीनामा गरेकाे प्रअ मरासिनीले बताएका छन् । उनी २०६८ सालकाे भदाै १ गतेदेखी प्रधानाध्यापककाे पदमा रहेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्षलाइ सम्बाेधन गरिएकाे राजीनामा पत्रमा प्रअ अर्जुन मरासिनीले अाफ्नाे कारणले संस्था धरापमा पर्ने भन्दै पदमा बस्न उचित नहुने र नैनिकता तथा इमान्दारिताका साथ राजीनामा दिएकाे बताएका छन् ।

रैनादेवी छहरा गाउँपालिका पाल्पाबाट ३ सय ९१ जना विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० परीक्षामा सहभागी भएकाेमा जम्मा ७३ जना अर्थात् १८ दशमलव ६७ प्रतिशतमात्र उत्तिर्ण भएका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० परीक्षामा सहभागीमध्ये आधाबढी विद्यार्थी देशभर अनुत्तिर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा ५२ दशमलव १४ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका हुन् । यसवर्ष परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय