पाल्पा, चैत २८

पाल्पाको रैनादेबी छहरा गाउँपालिकाले युवाहरूलाई मिनी टिलर र कम्बाइन्ड मिल मर्मत तालिम प्रदान गरेको छ । गाउँपालिकाले उपाध्यक्षसँग युवा कार्यक्रम अन्तर्गत एक महिने मिनी टिलर र कम्बाइन्ड मिल मर्मत तालिम प्रदान गरेकाे हाे ।

रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले युवाहरूलाई स्वराेजगार बनाउन कृषि पेशालाइ यान्त्रिकरण गर्न कार्यक्रम गरिएकाे बताए । उनले कृषकहरूले प्रयाेग गर्ने उपकरणमा समस्या देखा परेको परिस्थितिमा अन्य स्थानबाट मेकानिक ल्याउनुपर्ने अवस्था अन्त्य गर्न गाउँपालिकाले युवाहरूलाई प्रशिक्षित गरेको बताए ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलामणि बश्यालले गाउँपालिकाले कृषकहरूकाे आवश्यकतालाई मध्ये नजर गरि तालिम सञ्चालन गरेको बताए । सहभागीहरूले तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गर्न आग्रह गरे । कार्यक्रममा गाउँपालिकाका आर्थिक विकास समितिका संयोजक प्रदिप पौडेल, १ नं वडाध्यक्ष सोम बहादुर दर्लामी लगाएतकाे उपस्थिति रहेकाे  थियो ।

कार्यक्रम गाउँपालिकाका कृषि शाखा प्रमुख सिर्जना थापाकाे स्वागत मन्तव्य, ना.प्रा.स. गणेश खत्रीकाे सञ्चालनमा भएको  थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि रुक्माङ्गत भट्टराई,गाउँपालिका उपाध्यक्ष  युवराज थापा लगायतले प्रमाण पत्र तथा मर्मत गर्न आवश्यक पर्ने मेशिनरी सामाग्री प्रदान गरेका थिए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय