पाल्पा, पुस १७

पाल्पाको रैनादेवी छहरामा निशुल्क स्वास्थ्य शिबिर संचालन भएको छ । मंगलबार ग्लोबल आइएमइ बैंकको १७ औ वार्षिकोत्सब तथा अबसरमा मेरी उनीलाई स्वस्थ नारी पहल कार्यक्रमको सहयोगमा नि शुल्क स्त्रीरोग परिक्षण तथा एकीकृत प्रजनन स्वास्थ्य सेवा शिविर सन्चालन भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पा र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजना तथा रैनादेवी छहरा गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा महिलाहरूका लागि एकदिने बृहत् प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । छहरा स्वास्थ्य चौकीमा सन्चालन भएको बृहत् प्रजनन स्वास्थ्य शिविरमा महिलामा पाठेघर खस्ने, पाठेघरको मुखको क्यान्सर,स्त्रीरोग परिक्षण तथा उपचार,तल्लोपेट दुख्ने लगायतका यौन तथा प्रजनन् रोगहरुको परिक्षण,अस्थायी परिवार नियोजन साधन निशुल्क वितरण गरिएको थियो । कार्यक्रममा सन्तानको रहर पूरा भयका दम्पत्तिहरुको लागि बिना अप्रशन पुरुषहरूको स्थायी बन्ध्याकरण सेवा समेत संचालन गरिएको रैनादेवी छहरा गायँपालिका स्वास्थ्य शाखा प्रमुख जिवन रानाले जानकारी दिनुभयो ।

शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण , महिलाहरूमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या, सेतो पानी बग्ने लगायतको समस्या देखिने गरेको नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक शोभाकान्त न्यौपानेले जानकारी दिनुभयो । शिविरमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका डाक्टर राजेन्द्र कुमार गिरिले कम उमेरमा बिहे गरि बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरूमा प्रजनन स्वास्थ्य प्रति चेतनाको कमीका कारण पाठेघरमा सङ्क्रमण भएर क्यान्सर हुने जोखिम बढेको बताउनुभयो । उहाँले प्रजननसम्बन्धी समस्याका बारेमा खुलेर भन्न नसक्ने तथा रोग लुकाएर बस्ने गरेकाले यो समस्या विकराल बन्दै गएको हुदा यस्ता शिविरले स्थानीयहरुलाई फाईदा पुग्ने बताउनुभयो ।

स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले समुदायमा महिलाहरुको प्रजजन स्वास्थ्यमा देखा परेको समस्यालाई निकै जोखिमको अवस्थामा पुगेको पाइएकाले अबका दिनमा सबै निकायले गम्भीरताका साथ अभियान चुलाउनुपर्ने र पहिचान भएकाहरुको समयमै उपचार गर्न स्थानीय सरकार साथमा रहेको बताउनुभयो । शिविरमा रैनादेवी छहराका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सेना,नेपाल परिवार नियोजन संघ पाल्पाका कार्यवाहक सभापती तथा पत्रकार माधव आर्याल, नेपाल परिवार नियोजन संघ पाल्पाका डाक्टर राकेश बज्राचार्य ग्लोबल आइएमइ बैंक छहराका प्रमुख प्रेम सिंह आले ,स्वास्थ्य कार्यालय पाल्पाका कार्यक्रम अधिकृत टिकाराम अधिकारी,लगाएतको उपस्थीत रहेको थियो । निशुल्क स्वास्थ्य शिविरमा गाउँपालिका भित्रका २ सय ७९ जनाले सेवा लिएका छन् ।
कार्यक्रम वडा नम्बर ४ का अध्यक्ष गोविन्द रायमाझीको अध्यक्षता तथा स्वास्थ्य शाखा प्रमुख जिवन रानाको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय