latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, असार २९

पाल्पाकाे माथागढी गाउँपालिकाले समयमै याेजनाकाे भुक्तानी दिन नसक्दा विवाद उत्पन्न भएकाे छ । उपभाेक्ताहरूले कर्मचारीकाे कारण भुक्तानी नभएकाे भन्दै लेखाशाखामा धर्ना दिँदै कर्मचारीलाइ गालीगलाैच समेत गरेका छन् । कर्मचारीले भने सुरक्षाकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पामा निवेदन दिएका छन् ।

आर्थिक वर्षकाे अन्त्यमा याेजना सम्पन्न हुँदा भुक्तानी नपाएकाे भन्दै उपभाेक्ताहरूले गाउँपालिकामा दबाव सिर्जना गर्न पुगे । माथागढी गाउँपालिकामा कर्मचारी माथि अभद्र व्यवहार गरिएको भिडियाे समेत बाहिरिएकाे छ । पिडित कर्मचारीले आफुहरुलाई वन्धक बनाएकाे, कार्यपालिका बैठकमा लेखा अधिकृतकाे हुर्मत लिइएकाे तथा ज्यान मार्ने धम्की तथा अाक्रमण हुँदा गाउँपालिका अध्यक्षबाट अभिभावकत्व नलिइएकाे अाराेप लगाएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

असार २४ गते योजनाको भूक्तानीका क्रममा महालेखाको सुत्र ओभरलोड भएका कारण देशका धेरै स्थानीयतहमा भूक्तानीमा समस्या देखिए जस्तै पाल्पाको माथागढीमा यो समस्या देखिएको हो । सुत्र नचले पछि समितिका खातामा भूक्तानी नभएको अवस्थामा लेखा र प्राविधिक शाखाका कर्मचारी वन्दी बनाएर कुटपिट गर्ने प्रयासका साथै तथानाम गाली गरिएकाे प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवालीको बताए ।

भूक्तानीका फाईलहरुका भौचर उठी सकेको भए पनि सुत्र नचलेका कारण खातामा रकम नगएकाले प्राविधिक समस्या उत्पन्न भइ भुक्तानी बाँकी रहेकाे अवस्थामा उपभाेक्ताहरू अाक्राेशित भएका हुन् । उपभाेक्ताहरूले अाफूहरूले समयमै काम सम्पन्न गरि भुक्तानी माग गरेकाे दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय