कपिल देवकोटा जष्ठ २२
नेपाली काङ्ग्रेस जल्पाको आयोजनामा प्रथम वडा सम्मेलन पूर्वखोला २ जल्पा, दद्रामा सम्पन्न भएको छ। कार्यक्रमकी प्रमुख अतिथि नेपाली काङ्ग्रेस पूर्वखोलाकी सभापति विष्णु कुमारी आचार्यले पूर्वखोलामा नेपाली काङ्ग्रेसको संगठनलाई बलियो बनाउनको लागि समय समयमा प्रत्येक वडा भेला संगै कार्यकर्ता भेटघाट बढाउनु पर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारमा प्रतिपक्षको भूमिका बलियो बनाउन सबै लाग्नु पर्ने बताउनुभयो । वडा सम्मेलनमा स्थानीय नेता कार्यकर्ताको उल्लेखनीय सहभागीता रहेको थियो। निलकण्ठ देवकोटाले सञ्चालन गर्नुभएको कार्यक्रम जल्पाका वडा उपसभापति हेमलाल भट्टराई ज्युको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
ताजा समाचार
लोकप्रिय
© 2025: Seroferonews मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा