latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

रैनादेवी छहरा गाउँपालिकाले वार्षिक प्रगति सार्वजनिक गरेको छ । २०७९ जेठ ६ गते गाउँपालिकाका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको समयदेखी हालसम्मकाे एक बर्षे कार्य प्रगति सार्वजनिक गरेका हुन् ।

गाउँपालिकाको तराई जोड्ने सडक अन्तर्गत सुन्दरढुङ्गा, जुठापौवा सालझण्डी मोटरबाटो नेपाने खण्डसम्म कालोपत्रे गरिएको छ भने मैदिगा छहरा सडक खण्डमा ग्रावेल गरी मर्मत गरेको, पेलावास, बल्घा, अर्घाखाँची जोड्ने मोटरबाटोस्तर उन्नतिको काम भईरहेको, सिस्ने खोला र मुझुवाघाट खोलामा झोलुङ्गे पुल निर्माणको काम भईरहेको, रैनादेवी मन्दिर निर्माणको कार्य शुरु भएको, सडक सरसफाईमा क्रियाशिल लेन्थमेनलाई काममा उत्साहित बनाउन सिजन अनुसारको पोशाक वितरण गरेको, वडास्तरमा पुगी योजना सम्झौता भएको अध्यक्ष रूक्मागत भट्टराईको बार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी शिक्षातर्फ प्रत्येक विद्यालयका बालबालिकालाई नेपाल सरकारले दिदै आएको दिवा खाजा कम हुने भन्दै पालिकाले ५ रुपैयाँ थप गरी दैनिक रुपमा २० रुपैयाँ प्रदान गर्दै आएको छ । नेपाल सरकारले प्रदान गर्दै आएको न्युन तलवमा पालिकाले बाल सहजकर्तालाई मासिक ५ हजार, सामुदायिक सिकाई केन्द्रका कर्मचारीलाई मासिक ७ हजार, विद्यालयका लेखा कर्मचारीलाई मासिक ३ हजार ५ सय थप गरी तलव प्रदान गर्दै आएको छ । चालु आर्थिक बर्षमा कक्षा ३ सम्म स्थानीय पाठ्यपुस्तक लागु गरेको र कक्षा ४ र ५ को पाठ्यक्रम लागु गर्ने क्रममा रहेको छ । पालिकास्तरमा विद्यालय शिक्षालाई एकरुपता कायम गर्न शैक्षिक क्यालेण्डर निर्माण गरी लागु गरेको, गुणस्तरीय शिक्षा प्रदानको लागि विषयगत शिक्षकहरुलाई नियमित रुपमा तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको पालिका अध्यक्ष भट्टराईले बताए ।

वडा–वडामा निःशुल्क घुम्तिी स्वास्थ्य शिविर सञ्चालन गरी १ हजार ३ सय ६५ जनालाई सेवा प्रदान गरिएको छ । भैरव नवदिप माध्यमिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेको, सबै स्वास्थ्यचौकीहरुमा अल्ट्रासाउण्ड वडा नं. ३ र ८ मा प्रजनन् स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गरेको, पालिकाबाट निःशूूल्क आखा शिविर सञ्चालन गरी २० जना विरामीको आँखाको अपरेशन गरेको , जेष्ठ नागरिकहरुलाई घर घरमै पुगेर निःशुल्क रुपमा स्वास्थ्य सेवा तथा परामर्श प्रदान गरेको, सबै स्वास्थ्य चौकीमा प्रशस्त मात्रामा औषधीको व्यवस्था गरेको, जनप्रतिनिधी तथा कर्मचारीहरु लाई लक्षित गरेर ५ दिने योग शिविर सञ्चालन गरेको, विपन्न, असाहय तथा दिर्घरोगीहरुलाई पालिका बाट प्रत्येक व्यक्तिलाई नियमित रुपमा ५ हजार सहयोग गर्दै आएको उपाध्यक्ष युवराज थापाले बताए ।

प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले पालिकाले ‘घ’ वर्गका अपाङ्गहरुलाई मासिक २ सय ५० भत्ता प्रदान गर्दै आएको छ । सबै क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउन गाउँसभाबाट संकल्प प्रस्ताव पारित गरेको, वडा नंं १ को तल्लो र माथिल्लो असारेमा लिफ्ट खानेपानी योजनामार्फत घर–घरमा खानेपानी वितरण गरेको, वडा नंं ३ को गोखुङ्ग, भिरवास, अर्दाइ क्षेत्रमा एक घर एक धारा वितरण गरी खानेपानी सुविधा प्रदान गरेको, नेपाने र भट्टेमा लिफ्ट खानेपानी योजनाको लागि काम शुरु भएको बताए ।

वडा नंं २, ३, ४ र ५ मा सुन्तलता तथा कागती पकेट क्षेत्र सञ्चालन गरेको, पशु नश्ल सुधार पशुपक्षी डिस्पेनसरी सेवा वडाबाटै सञ्चालन भएको, रासायनिक मल वितरण गर्ने सहकारीहरुलाई चुस्त दुस्त बनाएको, कृषि उत्पादन वृद्धि गर्न अनुदान कार्यविधी बनाई वितरण गर्दै आएको लेखाअधिकृत लिलामणी बस्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय