latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

रैनादेवी छहरा गाउँपालिका पाल्पाकाे सबै भन्दा कम बेरुजु हुने पालिका देखिएको छ । गतआर्थिक वर्ष २०७८।२०७९ को महालेखा परीक्षणको अन्तिम नतिजा अनुसार रैनादेवी छहरा कम बेरुजु भएको पालिकाहरु मध्ये पहिलो नम्बरमा आउन सफल भएको हाे ।

रैनादेवी छहराका लेखा अधिकृत लिलामणी बस्याल भन्नुहुन्छ, पालिकाले गर्ने खर्चलाई बेरुजु नहुने गरी भुक्तानी गर्ने तथा भुक्तानी भएका योजनाहरुको तत्काल फछ्र्र्यौट गर्ने नियमित कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएकाले बेरुजु कम भएको बताउनुभयाे । बेरुजु किन आयो र कस्तो कस्तो प्रकृतिको बेरुजु आयो  कहाँ कहाँ के कस्ता प्रकृतिका गल्ती कमजोरीका भए  ती सबै विषयलाई समीक्षा गरी अधिकतम आर्थिक अनुशासनमा रहने गरी कार्यसम्पादन भएको उहाँले बताउनुभयाे ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश सारुले शुन्य बेरुजु अभियानम सबै पदाधिकारीहरु जिम्मेवारी भएर आर्थिक अनुशासन र वित्तीय जोखिम न्यूनीकरणका लागि जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला सबै शुन्य बेरुजु अभियानमा लाग्ने बताउनुभयाे ।

नियतसंगत कार्यसम्पादन गरिएको, बजेट खर्चमा पारदर्शिता, प्रचलित ऐन, कानुनको पूर्ण पालना गरिएकै कारण निरन्तर बेरुजु कम भएको रैनादेवी छहरा पालिकाका अध्यक्ष रुक्मागंत भटराई बताउनुहुन्छ

महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनमा पाल्पाको १० स्थानीय तह मध्य रैनादेवी छहरा सबैभन्दा कम बेरुजु १ करोड ७४ लाख तथा १ दशमलब ५४ प्रतिशत मात्रै  रहेको उल्लेख  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय